सुदूरपश्चिम प्रदेश सरकारद्बारा २८ अर्ब १६ करोडको बजेट प्रस्तुत - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकारद्बारा २८ अर्ब १६ करोडको बजेट प्रस्तुत



हिमाल पोस्ट / कैलाली ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को लागी २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।