सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित: साधारण सदस्य पनि नरहने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित: साधारण सदस्य पनि नरहने



काठमाडौं- पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाहीको डण्डा चलाइएको हो ।

प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट पार्टीबाट निस्काशित भएका छन् । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको जनाइएको छ ।

नेकपा एमालेमा अहिले केन्द्रदेखि स्थान्य तहसम्म कारबाहीको सिजन चलेको छ ।