सुदूरपश्चिम प्रदेश सरकारद्बारा आज २९ अर्बको बजेट ल्याउँदै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकारद्बारा आज २९ अर्बको बजेट ल्याउँदै



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०७६/ ०७७ को लागि बजेट ल्याउने भएको छ ।

आगामि आर्थिक बर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्बको बजेट ल्याउन लागेको हो । आज अपराहन्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गरिने कार्यतालिका रहेको प्रदेश सभा सचिबालयले जनाएको छ ।

कृषिलाई विशेष प्राथमिकतामा राखेर तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।