कथा : सर्वज्ञ र सेक्स - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कथा : सर्वज्ञ र सेक्स



-किशोर पहाडी

कोठा सानो छ ।
अँध्यारो हुनुपर्ने हो, तर… … …
झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति ।
चारवटा भित्ता छन् । सेता छन् ।
एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ ।
एउटा भित्तामा दराज छ किताबहरू राखिएका । अर्को भित्तामा वायरिङ नगरिएको बिजुलीको तार छ— तुन्द्रुङ्ग एउटा चालीस वाटको बल्ब लिएर झुन्डिएको ।
ढोका खोल्दा जहिले पनि ठ्वाक्क बाकसमा ठोकिन्छ खापा ।
‘त्यो बाकस अलिकति सार्नुपर्ने’— ऊ सधैँ यस्तै भन्छ जब ठोकिन्छ खापा बाकसमा ।
बाकसमाथि असरल्ल केही लुगाहरू राखिएका छन् ।
लुगाको छेवैमा ओछ्यान छ । ओछ्यानमाथि अर्को एउटा थुप्रो छ किताबको । किताबमा माक्र्स पनि छ, गान्धी पनि छ । कोलम्बस पनि छ, हिटलर पनि छ । इलियट पनि छ, मुकुन्द इन्दिरा पनि छ ।
झ्यालको छेवैमा टेबुल छ एउटा पुरानो, जसको एउटा खुट्टा भाँचिएर इँटले अड्याइएको छ । त्यसको अगिल्तिर एउटा मेच छ । त्यसका चारवटै खुट्टा साबुत छन् ।
टेबुलमा केही कागतहरू छन् फ्याँकिएजस्ता राखिएका । चारवटा मोटा–मोटा किताबहरू छन् । एउटा सानो प्लास्टिकको गिलास छ । त्यसभित्र एउटा सिसाकलम, एउटा रातो साइनपेन, केही नलेखिने डटपेनहरू र म छु ।
यो कोठामा एउटा लेखक बस्छ । म उसकै हुँ । जहिले पनि केही लेख्नुप¥यो कि त्यो गिलासको भीडबाट ऊ मलाई नै निकाल्छ । उसको हातमा नलिउन्जेल कहिले म त्यो प्लास्टिकको गिलासमा हुन्छु त कहिले टेबुलमा त्यसै राखिएको हुन्छु ।
यो घरमा लेखकसँग लेखककी श्रीमती पनि रहने गर्छे । श्रीमतीलाई ऊ प्रायजसो ‘पारो’ भनेर बोलाउँछ । वास्तविक नाम के हो मलाई थाहा छैन ।
*                *                 *
पारो कोठाभित्र छिरी । ढोका बन्द गरी र ओछ्यानमा उत्तानो परेर पल्टी ।
खुइâय।।। सास फेरी । तकियामुनि केही खोजेझैँ गरी । सुतेको सुत्यै रेडियोतिर हात पु¥याई, रेडियो खोली । अनि एकछिन आँखा चिम्ली ।
आँखा चिम्लँदा पारो निकै राम्री देखिन्छे— मलाई थाहा छ । मैले उसलाई गिलासबाटै हेरिरहेँ । राम्रो चीज सबैलाई मन पर्छ । मलाई पनि ।
एकछिनपछि पारो सायद सुती । झ्यालबाट बिस्तारै चिसो हावा आयो । पारोको अनुहारमा उसका कपालले चिप्लेटी खेल्न थाले । मैले त्यो चिप्लेटी खेलेको हेरिरहेँ ।
त्यो हावामा उसले लगाएको कुर्तासुरुवाल पनि उसको नितम्ब र ढाडद्वारा किचिएर छटपट छटपट गर्न थाले । मैले त्यो छटपट छटपट गरेको पनि हेरिरहेँ ।

उसले अब अलिकति कोल्टो फेरेर निद्रामै एउटा सानो नरम तकियालाई आफ्ना घुँडाहरूको बीचमा राखी । मैले त्यसरी तकिया राखेको पनि हेरिरहेँ ।

सिरानी र टाउकोको बीचमा हात राखेर निद्रामै मुसुक्क मुस्काई ऊ । मैले त्यसरी मुस्काएको पनि हेरिरहेँ ।
पारोप्रतिको मेरो यो आकर्षण कति ढीठ छ, कति दुस्साहसपूर्ण काम हो— एउटा जाबो कलमलाई एउटी स्वास्नीमान्छेप्रति…धत् ! … त्यो पनि आफ्नै मालिककी श्रीमतीप्रति… !!!
आकर्षणको पहिलो चरणको सुरुआत मलाई किनेर ल्याइएको छैटौँ दिनमा भएको थियो । त्यो दिन यही गिलासमा बसेर मैले पारोको अद्र्धनग्न रूप देखेको थिएँ । लेखकद्वारा राखिएको म गिलासमा थिएँ । पारो कोठामा आई । ढोकाको छेस्किनी र झ्यालको पर्दा लगाई । अनि अति सरल रूपमा आपूmले लगाएका लुगाहरू फुकालेर अर्को नयाँ लुगा लगाई । मैले जिन्दगीमा देखेको नग्न नारीआकृति त्यही थियो । र, म पारोप्रति नजानिँदो पारामा आकर्षित भएँ ।
त्यसको केही दिनपछि…
त्यसको केही दिनपछि त पारोलाई मैले सर्वाङ्ग नग्न पनि देखेँ र त्यसमाथि यस्तो परिस्थितिमा कि म यहाँ लेख्न पनि साहस गरिरहेको छैन किनभने पारो मेरो मालिककी श्रीमती हो र मेरो मालिक प्रायजसो मद्वारा आफ्नी श्रीमतीको बारेमा लेख्ने गर्छ— ‘… जिन्दगीमा मैले एक जना मान्छेलाई माया गरेको छु— ऊ पारो हो । पारो निकै सुधी छे । मेरो हेरचाह गर्छे….’
ऊ यस्तो कुरा लेख्ने गर्छ डायरीमा— ‘… आज मैले पारोलाई अफिसबाट लिएर आएको सम्पूर्ण तलब दिएँ । पारो निकै खुसी भई । ऊ खुसी भएको मलाई निकै मन पर्छ ….’
उसले यस्ता कुराहरू डायरीमा लेखेको छ कति–कति । मलाई थाहा छ सबै, किनभने लेखिने मैद्वारा हो । लेखकका डायरीहरू, लेखहरू, कविताहरू, चिठीहरू— जे पनि म नै त लेख्छु त्यसैले लेखकका धारणाहरू, उसका मनका कुराहरू— थाहा छ सबै मलाई ।
उसकै घरको टेबुल अथवा भनूँ प्लास्टिकको गिलासमा छु । त्यसैले थाहा छ मलाई उसको जीवनशैली, पारिवारिक स्थिति— सबै सबै ।

(१)  जीवनशैली -: बिहान ६ बजे उठिसकेको हुन्छ । उठेपछि लेख्छ । लेखेपछि अफिस जान्छ । अफिस कहिल्यै समयमा पुग्दैन किनभने उसको अफिस जाने समय लेखनले निधो गर्छ । राति कुन बेला सुत्छ, मलाई थाहा छैन । जहिले पनि लेखिराखेको हुन्छ ।

(२)  पारिवारिक स्थिति -: राति ऊ लेखिरहेको हुन्छ र पारो ओछ्यानमा कोल्टे परेर निदाइराखेकी हुन्छे । कहिलेकाहीँ चाहिँ पारो र लेखक राति माया पनि गर्छन् तर पारो भन्छे मायाको अन्तमा— “छ्या, हजुर त बूढो हुनुभइसकेछ !” यस्तो कहिलेकाहीँ, कहिलेकाहीँ मात्र हुन्छ । निःसन्तान छन् उनीहरू ।
*           *            *

केही दिन भयो पारोले एकनाससँग झ्यालबाहिर हेर्ने गरेको ।
झ्यालबाहिर के छ रु
— एउटा हलुवाबेदको बोट छ ।
— एउटा जस्तापाता छ त्यसै फालिराखेको ।
— बाटो छ ।
— इँटको थुप्रो छ बाटोको छेउमा ।
— झ्याङ छ चमेली फूलको ।
— अलि पर सेफ्टीट्याङ्क छ घरकै । कहिलेकाहीँ गन्हाउँछ ।
“गन्हाउन त अचेल जहाँ पनि गन्हाउँछ ।” —एक दिन लेखकले कतै लेखेको वाक्य मलाई सम्झना छ राम्ररी ।
कहिलेकाहीँ गिलास झ्यालमा राखिएको बेला देखेको— यो झ्यालको अगाडि ठ्याक्कै अर्को घरको झ्याल छ । ठ्याक्कै त ठ्याक्कै तर अलि पर ।
एक दिन त्यो झ्यालतिर हेरेर पारो मुसुक्क मुस्काई ।
अर्को दिन पनि मुस्काई ।
अर्को दिन पनि ।
त्यसपछिको दिन पारोले हात हल्लाई ।
अनि कुन्नि किन हो, दिउँसो–दिउँसो पारो हराउन थाली त्यो झ्यालबाट । यो घरबाट । केही दिन ।
*                *                 *
र एक दिन…
पारो कोठाभित्र आई । अनुहार खुसीले धपक्क बलेको । ओठ भर्खर रसाएझैँ चिल्लो, चिप्लो । आँखा मात लागेझैँ नशालु भएर रसाएको ।
ऊ आई र डम्म ओछ्यानमा बसी । त्यसको लगत्तै एक जना आयो भर्खरको ठिटो कपाल तलास्दै हातले । चुप लागेर उभियो अगाडि पारोको ।
पारोले पहिले कोठाको ढोका र झ्याल बन्द गरी । अनि बत्ती बाली ।
पारोले हात समातेर तानी त्यो ठिटोको । ठिटो पारोको काखमा बस्यो घप्लक्क ।
(मेरो मालिक १ यो के भइरहेछ रु तपाईंकी श्रीमती जसलाई तपाईं अति माया र विश्वास गर्नुहुन्छ, ऊ…
हरे ! घरमा झ्याल किन हुन्छ !)
ठिटोका लुगाहरू छोडाउन थाली पारो बिहान तरकारी काट्दा प्याजको बोक्रा छोडाएझैँ— कमिज, गन्जी, जीन पाइन्ट, कट्टु— सबै ।

अनि आफ्नै छोडाई उसले पत्र–पत्र लुगाका— कुर्तासुर्ता सबै । त्यो दिन हो मैले देखेको पारोलाई नग्न । पूरा नग्न । पारोका शरीरका भीर, पाखा, पखेरा, डाँडा, काँडा—सबै देखेँ । र, काँडा उम्य्रो ममाथि यही गिलासमै बसेर ।
—काँडा त्रासको
—काँडा उत्तेजनाको
—काँडा घृणाको
—काँडा आकर्षणको
यही एक दिन मैले उसलाई नग्न देखेँ । यहीँ सुरु भयो आकर्षणको सिलसिला । भीरप्रतिको आकर्षण, डाँडाप्रतिको आकर्षण, पाखाप्रतिको आकर्षण, काँडाप्रतिको आकर्षण । आकर्षणैआकर्षण ।
*          *          *
राति लेखक आयो र बस्यो मेचमा मलाई समाएर । लेख्न थाल्यो एउटा नयाँ उपन्यास विषयगत ।
पारो निश्चिन्त ओछ्यानमा सुतेकी थिई । मधुरो उज्यालो । उसले लगाएका लुगाहरू घुँडाभन्दा माथि, आधा तिघ्रासम्म । लेखक उपन्यास लेख्न छोडेर हेर्न थाल्यो पारोलाई, पारोका चिल्ला छालालाई र थपक्क डायरी समाएर लेख्यो— ‘मेरी स्वास्नी धेरै राम्री छे तर ऊ मलाई बूढो भन्छे । भन्छे— मरेको छ जाँगर बूढो मान्छेमा । जाँगर छैन अब मेरो यौवनमा, त्यो बूढो भइसक्यो …. आजै देखेँ— मेरी स्वास्नी निदाएको बेला झन् राम्री देखिँदी रहिछ । उसको मप्रतिको इमानदारीपन उसका मसिना ओठहरूले छर्लङ्ग पारेको छ । पारो… … … …’
लेखक लेखिरहेथ्यो— तर मलाई पारोको बारेमा लेख्न आँटिएका प्रशंसाहरू लेख्न मन लागिरहेको थिएन ।
पारो इमानदार छैन महाशय १— लेख्न मन लागिरहेथ्यो स्वयम् मलाई । र, लाग्थ्यो— लेखकले माया नगरोस् पारोलाई । पारोले माया नगरोस् लेखकलाई । पारोले माया नगरोस् त्यो ठिटोलाई ।
जसरी ठिटोले खाएथ्यो म्वाइँ पारोको छातीमा, त्यो छातीमा मन लागिरहेथ्यो— म्वाइँ खाऊँ म पनि ।
जसरी ठिटोले माडेथ्यो दिउँसो पारोको जीउ, त्यसरी नै माड्न मन लागिरहेथ्यो मलाई पनि ।
र, लागिरहेथ्यो— म पनि सास फेरूँ उनीहरूजस्तै स्वाँ, स्वाँ, स्वाँ ….थकित ।
तर निर्जीव म ।
कलम ।
लेखक लेख्छ— मद्वारा उसको विचार । म उसकी स्वास्नीलाई हेरिरहन्छु— निर्विकार ।
— कपालले चिप्लेटी खेलेको ।
— लुगा किचिएर छटपटिएको ।
— घुँडाबीचमा नरम तकिया राखेको ।
सबै थाहा छ मलाई । यहाँदेखि त्यहाँसम्म । सबै ।
तर टेबुलमा गिलास छ र हरे, गिलासमा म छु ।

*               *               *