आइपिएल खेल्न बेन स्टोक्सलाई परिवारले दियो अनुमति - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आइपिएल खेल्न बेन स्टोक्सलाई परिवारले दियो अनुमति



एजेन्सी- इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न आफ्नो परिवारबाट शुभेच्छा रहेको बताएको छन्। राजस्थान रोयल्सका खेलाडी स्टोक्सले आफ्नो बिरामी बुबालाई भेट्ने अनुमति पाएका थिए। उनका बुबा मष्तिक क्यान्सरबाट गुज्रिरहेका छन्।

स्टोक्स न्युजिल्यान्डबाट दुबई पुगिसकेका छन् र अहिले ‘क्वारेन्टाइन’ मा बसिरहेका छन्। त्यसपछि मात्र उनले आफ्ना साथी खेलाडीलाई भेट्न पाउने छन्। ‘अहिले म होटलको क्वारेन्टाइनमा बसिरहेको छु र न्युजिल्यान्ड छाड्दा मैले यस्तो स्थितिबाट गुज्रिनु पर्नेछ भनेर कल्पना गरेको थिइनँ । तर म यहाँ आइपुगिसकेँ र परिस्थिति अनुसार यो मेरो लागि ठीक पनि हो,’ उनले मंगलबार बेलायती पत्रिका द मिररका लागि लेखेका छन्, ‘बुबा, आमा र दाइलाई क्राइस्टचर्चमा बिदा माग्दाको क्षण सजिलो थिएन। अहिले हाम्रो परिवार कठिन समयबाट गुज्रिरहेको छ। तर हामी सबैलाई अगाडि बढ्न पनि छ र एकले अर्कोलाई सहयोग पनि गर्नु छ।’

उनले अगाडि लेखेका छन्, ‘मैले आफ्नो अभिवावकबाट यहाँसम्म पुग्न माया र शुभेच्छा दुवै पाएको छुं, मैले यसपल्टको आईपीएल खेल्नेबारे हामी सबैले सामूहिक निर्णय गरेका हौं। फेरि क्रिकेट खेल्न मैदानमा ओर्लिन मलाई कसैले दबाब दिएको पनि छैन्।’ क्राइस्टचर्चमा रहेको आफ्नो परिवारलाई भेट्न स्टोक्सले पाँच साताको बिदा लिएका थिए। उनका बिरामी बुबाले नै उनलाई आईपीएल खेल्न प्रेरित गरेका थिए।

स्टोक्सले भने, ‘मेरो बुबा मानसिक रूपमा बलियो हुनुहुन्छ र उहाँलाई खेलाडीका रूपमा मेरा के कस्तो जिम्मेवारी छ भनेर राम्रोसँग थाहा छ । फेरि एक पति र बुबाका रूपमा पनि मेरो अलगै भूमिका रहेको छ। मैले लामो समय विचार विमर्श गरेर नै यसपल्टको आईपीएल खेल्ने निर्णय गरेको हुँ । एक पल्ट यस्तो निर्णय गरिसकेपछि अब मेरो उद्देश्य भनेको पूर्णतः खेलमा आफ्नो ध्यान केन्द्रित गर्नु हुनेछ।’