केशव स्थापितको उम्मेदवारी रद्द हुनसक्ने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

केशव स्थापितको उम्मेदवारी रद्द हुनसक्ने



नेकपा एमालेबाट काठमाडौं महानगरपालिको मेयर पदका उम्मेदवार केशव स्थापितले महिला हिंसा गरेको भन्दै उनीमाथि कारबाही गर्न महिला अधिकारको क्षेत्रमा क्रियाशिल ४५ वटा संघसंस्थाले माग गरेका छन् ।

सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले कारबाही गर्न माग गर्दै संयुक्त वक्तव्य जारी गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले यौन दुराचारको आरोपबारे एक सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’ भनेका थिए । यसका साथै उनले प्रश्नकर्तालाई ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भनेका थिए ।

यस्तो अभिव्यक्ति दिनु आफैँमा लैंगिक हिंसा भएको उल्लेख गर्दै ४५ वटा संघसंस्थाहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । महिला हिंसालाई प्रसय दिने व्यक्ति उम्मेदवार हुन लायक नहुने पनि वक्तव्यमा भनिएको छ । उनको उम्मेदवारी रद्द हुनुपर्ने माग पनि गरिएकाे छ ।

विज्ञप्ति: