स्थानिय स्तरबाटै छनौट भएका योजना अनुसार वजेट वनाउन सहभागीहरुको जोड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्थानिय स्तरबाटै छनौट भएका योजना अनुसार वजेट वनाउन सहभागीहरुको जोड



जिबन बिष्ट  / सुखड  ।
स्थानिय स्तरबाट छनौट भएका योजना अनुसार वजेट वनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । घोडाघोडी नगरपालिका वडा नम्वर ४ मा भएको दोस्रो वडा भेलाका सहभागिहरुले स्थानिय स्तरबाट छनौट भएका योजनाकैै आधारमा वजेट निमार्ण गरिनु पर्ने बताएका हुन ।

स्थानिय स्तरमा छनौट भएका योजनाहरु वजेट निमार्णका वेला कमै जसो पर्ने गुनासो गर्दै सहभागिहरुले त्यसो नगर्न जन प्रतिनिधी सँग आग्रह गरेका छन् । योजना छनौटका क्रियाकलापहरू सञ्चालन गर्दा लक्षित वर्गहरूलाई अनिवार्यरूपमा जानकारी गराई योजना छनौटका काममा सहभागी गराउनुपर्ने कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । उनीहरूले लक्षित वर्गका लागि आएको बजेट अन्यत्रै खर्च हुने गरेको भन्दै योजना छनौटका समयबाटै सम्बन्धित निकायका व्यक्तिहरूलाई सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।

बस्ती स्तरदेखि नै योजना छनौट गर्दा र बजेट दुरूपयोग हुन नदिन कार्यबिधी अनुसारकै योजनामा मात्र खर्च गर्ने र कार्यबिधि विपरित खर्च गर्नेलाई दण्डित गर्ने गरी प्रभावकारी रूपमा योजना छनौट कार्य सम्पन्न गरेको वडा नम्वर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले बताउनु भयो । खर्च हुँदा बजेटको दुरूपयोग हुने भन्दै उहाले महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, अपाङ्ग, जेष्ठ नागरिक तथा पिछडा वर्ग लाई लक्षीत गर्दै वडा नम्वर ४ मा योजना छनौट भएको उहाले बताउनु भयो ।

वडा नम्वर ४ मा आर्थिक विकास ,समाजीक विकास ,पुर्वाधार विकास विपद न्युनिकरण तथा संस्थागत विकास अन्तरगत योजना हरु छनौट गरीएको छन् । वडा सभामा वोल्दै घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले आगामि आर्थिक वर्षको निती तथा कार्यक्रम र वजेटले जनतालाई प्रत्यक्ष समेट्ने बताउनु भयो । अहिले छनौट भएका योजना निती तथा कार्यक्रम र वजेट कार्यान्वयन गराउन जनता चनाखो हुनु पर्ने बताउनु भयो । कर्मचारी व्यवस्थापन नहुदा चालु आर्थिक वर्षमा विकास निमार्णका काम गर्न ढिलाई भएको बताउदै उहाले आगामी आर्थिक वर्षमा त्यस्तो नहुने दावी गर्नु भयो । आगामी वर्ष वडा नम्वर ४ का विभीन्न ठाउमा पक्की पुल निमार्ण गर्ने ,झोलुङ्गे पुलको मर्मत गर्ने ,खानेपानि तथा विजुली नपुगेको ठाउमा पुर्याउने प्रतिवद्धता जनाउनु भयो ।