स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न सहभागिहरुको जोड  - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न सहभागिहरुको जोड 



बिरेन्द्र शाह/लम्कि,कैलाली ।
स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न स्रोत साधनको पहिचान तथा उपयोग गर्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्य र महिला पुनरस्थापना केन्द्र आरेक नेपाल को आयोजनामा मंगलबार लम्कीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन । स्थानिय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न लम्की चुहा नगरपालिका प्रतिवद्ध रहेको उपमेयर टिका देवी थापाले बताउनु भयो । लम्की चुहामा चिसापानी वाट राज काडा सम्म केवलकार सञ्चालनको लागी पहल हुनु ,डुढा झारी औद्योगिक क्षेत्र लम्की मै हुनु पनि स्थानिय स्तरमा रोजगारी का अवसर सिर्जना गर्न मदत पुग्ने उहाको भनाई थियो ।

स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न लम्कि चुहा नगरपालिकामा विभीन्न खाले तालिम प्रदान भइरहेको वडा नम्वर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगरले बताउनु भएको छ । चेतना विकास गर्न व्यवसाहिक शिक्षालाई जोड दिनु पर्ने उहाँको भनाई थियो ।

श्रमको सम्मान हुन नसेका कारण पनि वेरोजगार भएर वस्नु पर्ने अवस्था रहेको बताउदै लम्कि चुहा नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेको भनाई थियो । सेवामुखी भन्दा पनि उत्पादन मुखी काम गर्नु पर्ने बताउदै उहाँले युवा स्वरोजगारलाई स्थानिय सरकारले पनि प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।

स्थानिय तहमै रोजगारीका अवसर सिर्जना नहुदा विदेश पलायन हुनेको संख्या वड्दै गइरहेको छ । स्थानिय तहमा रोजगारीको अवसर सिर्जना गर्न उद्योग कलकारखाना स्थापना सँगै कुर्षिलाई आधानुकिकरण गरीनु पर्ने  घोडाघोडी नगरपालिकाका माछापालक चुल्लुराम चौधरीको भनाई थियो । सुदुरपचिममै ठुलो ह्याचरी उद्योग सञ्चालक चुल्लुराम चौधरी एक सफल व्यवसाही हुन् ।सुरुमा ५ कठ्ठा जमिनमा माछा पालन व्यवसाय सञ्चालन गरेका चौधरी हाल २ करोड को लगानीमा २५ विघा जनीनमा माछा पालन गर्दै हुनुहुन्छ । माछापालन पनि आम्दानी को राम्रो स्रोत भएको चौधरी बताउनु हुन्छ ।स्थानिय सरकारले कुर्षिलाई आधानुकिर करण गर्न सके रोजगारीको लागी वाहिर जानु नपर्ने धारणा चौधरीको छ ।

स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न शिक्षा र चेतना को आवश्यकता पर्ने घोडाघोडी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष प्रेम बहादुर रोकायाको भनाई छ । पुरानो शिक्षा निती प्रणालीलाई हटाउदै आधुनिक शिक्षा प्रणाली अपनाउनु पर्ने उहाँ बताउनु हुन्छ ।बेरोजगारीका समस्या समाधान गर्न वेरोजगारहरको तथ्याङ्क संकलन भइरहेको छ ।शि घोडाघोडी नगरपालिकामा रोजगारीका अवसर सिर्जना गर्न कुर्षिका आधुनिकीकरण,घोडाघोडी नगर भित्रका पर्यटकिय क्षेत्रको संरक्षण गर्नु पर्ने उहाँको भनाई थियो ।

सीप र दक्षता अनुसारको रोजगारी दिलाइने बातावरण भइरहेको घोडाघोडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कमल राज चौधरीले बताउनु भयो । स्थानियलाई रोजगारी दिन वंगुरका पाठा वितरण गरिने उँहाले बताउनु भयो ।