चुनाव लड्न धमाधम पार्टी परिवर्तन गर्दै छन् नेताहरु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चुनाव लड्न धमाधम पार्टी परिवर्तन गर्दै छन् नेताहरु



हिमाल पोष्ट\ वैशाख, १४ रसुवा

 

चुनाव लड्नका लागि रसुवाका नेताहरु ध्माधम पार्टी परिर्वतन गर्न थालेका छन् । गाउँपालिका तथा वडा अध्यक्षका आकांक्षीले पार्टीले टिकट नदिएपछि रसुवामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेताहरुले स्थानीय तहको निर्वाचनको लागि पार्टी परिवर्तन गर्न थालेका हुन्।

पार्टीमा टिकट पाउने निश्चित भएपछि पार्टीका केन्द्रिय सदस्यदेखी जिल्लामा क्रियाशिल नयाँ नेकपा एमाले, नेपाली कांग्रेस, शक्ति पार्टी नेपाल र नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, जिल्ला स्तर तथा गाउँपालिकाका २४ जनाभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गरेका छन् ।

पार्टी परिवर्तन गर्नेमा सबैभन्दा बढी नयाँ शक्तिका रहेको पाइएको छ भने नेपाली कांग्रेसका जिल्ला स्तरका केही नेता पनि टिकट पाउने आशामा अन्य पार्टीमा गएका छन् ।