परिणाम सुनाउने बेलामा अर्घाखाँचीमा मतगणना स्थल नै सिल - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

परिणाम सुनाउने बेलामा अर्घाखाँचीमा मतगणना स्थल नै सिल



विवाद उत्पन्न भएपछि स्थगित भएको शितगंगा नगरपालिकाको मतगणना झन् तनावमाया भएको छ । विभिन्न प्रयासका बावजुद गणना सुचारू हुन सकेको छैन।

दलहरूबीच सहमति हुन नसक्दा मतगणना स्थल सिल गरिएको छ।मध्यरातसम्म बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि तत्कालका लागि मतगणना स्थल सिल गर्ने निर्णय भएको छ।

एमालेले दोहोर्‍याएर मतगणना गर्नुपर्ने र कांग्रेसले मुचुल्का उठिसकेकोले मत परिणाम घोषणा गर्नुपर्ने अडान राखेपछि अर्को सर्वदलीय बैठकबाट निकास ननिस्कँदासम्म सुरक्षाको लागि मतगणनास्थल सिल गर्ने निर्णय गरिएको बताइएको छ ।

शितगंगा वडा नम्बर १२ को मतगणना भइरहेका बेला नेकपा (एमाले)का मतगणना प्रतिनिधि ऋषि घिमिरले बाहिर निस्केर जित्यौं भनेपछि खुशी मनाउन थालेका थिए। तर मतदान अधिकृतले अन्तिम मतपरिणाम घोषणा भइनसकेको बताएपछि विवाद सिर्जना भएको हो।