स्टिभ जब्सबाट सिक्नुपर्ने सफलताको सूत्रहरू - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्टिभ जब्सबाट सिक्नुपर्ने सफलताको सूत्रहरू



स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ । सन् १९५५ मा जन्मेका स्टिभको मृत्यु क्यान्सरका कारण ५ अक्टोबर २०११ मा भएको थियो ।

जब्सले आफ्नो मृत्युअगाडि नै आफूलाई चाहिएको सफलता हासिल गरेका थिए । उनले जीवनमा कडा संघर्ष गरेका थिए र सफलता हासिल गरेका थिए । सफल हुन चाहनेका लागि उनले केही टिप्स दिएका पनि छन्ः

कामप्रति लगाव दिनुहोस्
कुनै पनि काम गर्न कोही पनि व्यक्तिको तीव्र इच्छाशक्ति हुनुपर्छ । यसको अर्थ हो, जो आफ्नो काम गर्छ, उसमा लगाव हुनु जरुरी छ । कुनै पनि काम जबरजस्ती गर्नु हुँदैन ।

जे हुन्छ, राम्रैका लागि हुन्छ
स्टिभ जब्सको जीवनमा निकै धेरै उतारचढाव आए । उनी सधैं आफूलाई केही नराम्रो हुँदा पनि त्यसमा केही राम्रो अवश्य हुने सोच्थे । यही कुरा गीतामा पनि भनिएको छ । तर, हामी यसलाई मान्दैनौँ । तर, जब्स यो कुरालाई मान्थे ।

आफ्नो काममा गुणस्तर राख्नुहोस्
सफलताको सबैभन्दा ठूलो कुरा भनेको आफ्नो काममा विशेष ध्यान दिनु र त्यसको गुणस्तर कायम राख्नु हो । जब्सले जे प्रोडक्ट भए पनि त्यो गुणस्तरीय भएमा सबैको ध्यान जित्न सकिने बताएका थिए ।

टिममा विश्वास राख्नुहोस्
जब्सका अनुसार यदि तपाईं कुनै टिममा काम गर्दै हुनुहुन्छ भने टिमको काममा विशेष ध्यान दिनु जरुरी छ । यसो गरिएन भने आफैंलाई घाटा हुने जब्सको विश्वास थियो ।

आलोचक र प्रतियोगीबाट सिक्नुहोस्
आफ्ना प्रतिस्पर्धी के गरिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । आलोचकबाट पनि सधैं केही न केही कुरा सिकिरहनु भनेको आफूलाई सफलतामा डोर्याउनु हो भन्ने जब्सको विश्वास थियो । एजेन्सी र पत्रिकाहरुको सहयोगमा