नेपाल प्रहरीका चार एसएसपीको सरुवा

काठमाडौँ। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी सहकुल थापाको सरुवा भएको छ । अपराध महाशाखामा कार्यरत एसएसपी धिरजप्रताप सिंहलाई तालिम निर्देशनालय सरुवा गरिएको छ ।
महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी ३३ किलो सुन काण्डमा मुछिएपछि सिंहले अघिल्लो वर्ष वैशाख ४ गतेदेखि महाशाखाको कमान्ड सम्हालेका थिए ।
यस्तै, प्रहरी प्रवक्ताका रुपमा रहेका एसएसपी उत्तमराज सुवेदीको काठमाडौँ प्रहरी परिसरमा सरुवा भएको छ भने परिसरमा कार्यरत वसन्त लामालाई लागूऔषध ब्युरोमा सरुवा गरिएको छ ।

