३५ जना एसएसपीको सरुवा, को कहाँ ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३५ जना एसएसपीको सरुवा, को कहाँ ?



काठमाडौँ : नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा गरिएको छ। गृहमन्त्रालयले शनिबार सार्वजनिक गरेको मन्त्रीस्तरीय निर्णयअनुसार ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई पुगेका छन्  । 

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा भिमप्रसाद ढकाल पुगेका छन्।  

बुटवल तालिम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्ले पुगेका छन्। 

त्यसैगरि प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँर पुगेका छन्।

संघीय प्रहरी इकाई कार्यालय धरानमा शौरभ राणा, लुम्बिनीमा मोहनराज शर्मा, जनकपुरमा किशोर दाहाल गएका छन्।