महिलाको घरबार बिगार्ने एसएसपी राणालाई कारबाही गर्न गृहको पत्र - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

महिलाको घरबार बिगार्ने एसएसपी राणालाई कारबाही गर्न गृहको पत्र



गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आफ्नो घर बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।

राणाले अर्की एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ।

सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ।

उजुरी परेपछि गोप्य रुपमा छानविन गरेको थियो। छानविनका क्रममा एसएसपी राणा काममा भन्दा मार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए।