एसपीलाई ‘गुण्डा’को न्यानो स्वागत, विमानस्थलबाट १०वटा गाडीको स्कर्टिङ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एसपीलाई ‘गुण्डा’को न्यानो स्वागत, विमानस्थलबाट १०वटा गाडीको स्कर्टिङ



पोखरा,। पोखरामा आइतबार भएको क्षेत्रीय भेलामा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आपराधिक समुहसँग साँठगाँठ गरे कारबाहीको भागिदार बन्नु पर्ने भन्दै प्रहरी कर्मचारीलाई सचेत गराएका थिए ।

भेलामा आईजी खनालले भाषण गरिरहँदा गत साता कास्की जिल्ला प्रमुखको रुपमा सरुवा भएका एसपी ओम राणा भने जिल्लाका गुण्डाका नाईके र तिनका सदस्यसँग एक रेष्टुरेन्टमा डबल ब्ल्याक खाई रहेका थिए ।

शुक्रबार नै पोखराको विमानस्थल उत्रेका एसपी राणालाई लिन पोखराको कुख्यात गुण्डा नाईके महेन्द्र गुरुङ भन्ने महेन्द्र भोटे र धनबहादुर छन्त्याल उर्फ लक्ष्मणको समुह दश वटा गाडी लिएर विमानस्थल पुगेका थिए । विमानस्थलमा एसपी राणालाई गुण्डाको समुहले खादा लगाएर स्वागत गरेको स्रोत बताउँछ ।

पोखरामा सौखिन गुण्डाका रुपमा चिनिएका लक्ष्मण हलिउडका नायक भन्दा कम छैनन् । उनको स्टाईल, लगाई र सौख असामान्य रहको उनको फेसबुक प्रोफाईलले पुष्टि गर्छ ।

जिउभर ट्रयाटुु, व्राण्डेड कपडा, अण्डर ग्राउण्ड जुत्ता उनको सौख पुरा गर्ने केही समाग्री हुन् । पोखाराको एक हाउजिङ कम्पनीलाई पाँच करोड फिरौंती मागेका भिआईपी गुण्डा धनबहादुर छन्त्याल उर्फ लक्ष्मणलाई कास्की प्रहरीले दुई बर्ष अगाडी पक्राउ गरेको थियो ।

हाउजिङ व्यापारी तथा रुपाकोट होटलका सञ्चालक पुष्पराज अधिकारीसँग लक्ष्मणले पोखरामा व्यापार गर्नु छ भने ५ करोड दिन भनेका थिए । लक्ष्मण लागूऔषध मुद्दामा केन्द्रीय कारागार सुनधारामा रहेका अर्का गुण्डाका नाईके विक्रम लामाका पार्टनर हुन् ।

बिक्रम लामा चार बर्ष अगाडी काठमाडौंबाट ३० ग्राम लागू औंषधसहित पक्राउ परेका थिए । दुई बर्ष अगाडी व्यापारीलाई कुटपिट गरी बन्दुक देखाउदै पाँच करोड पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि अधिकारी प्रहरीको शरणमा पुगेका थिए ।

प्रहरीले खोजी सुरु गरेपछि फरार भई काठमाडौं आएका लक्ष्मणलाई काठमाडौं प्रहरीको सहयोगमा पुरानो बानेश्वरबाट पक्राउ गरी पोखरा लगिएको थियो । पोखरा लगेपछि उनको घर खान तलासी गर्दा हतियार समेत बरामद भएको थियो ।

राजनीतिक आवरणमा व्यापारीसँग असुली गरेको आरोप समेत छन्त्याल माथि छ । यसअघि छन्त्याल हातहतियार मुद्दामा ८ महिना जेल बसेर छुटेका अभियुक्त पनि हुन् । पोखराका डन विक्रम लामाको समूहमा आबद्ध लक्ष्मणले लामा लागूऔषध मुद्दा जेल चलान भएपछि असुली धन्दा सञ्चालन गर्दै आएको उनीनिकट स्रोत बताउँछ ।

यस्ता आपराधिक समुहसँग एसपी राणाको हिमचिमले पोखरा गुण्डामय बन्ने खतरा बढेको छ । राना रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा तानिएका थिए । तत्कालिन समयमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले राणाविरुद्ध छानविन समिति नै बनाएका थिए ।
उनी जहाँ गयो त्यही बद्नाम हुँदै आएका प्रहरी अधिकारी हुन् ।
अपराध महाशाखामा बस्दा रानाले लुटेरा समुहसँग पैसा खाएर बद्नामी कमाएका थिए । कास्कीमा नौ महिना छँदा एसपी अशोक सिंहले गुण्डा समुहका आपराधिक गतिविधीलाई निस्तेज पारेका थिए ।
तर अब एसपी रानाले सुरुवातमै गुण्डा समुहसँग हात मिलाएपछि पोखरामा सुरक्षा अवस्था कमजोर हुने त्रास बढेको छ ।

एसपी राना गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको सेटिङमा कास्की पुगेका हुन् । उनी आईतबार मात्र कास्कीमा हाजिर भएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।एसपीलाई ‘गुण्डा’को न्यानो स्वागत, विमानस्थलबाट दश वटा गाडीको स्कर्टिङ…

पोखरा, १ जेठ । पोखरामा आइतबार भएको क्षेत्रीय भेलामा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आपराधिक समुहसँग साँठगाँठ गरे कारबाहीको भागिदार बन्नु पर्ने भन्दै प्रहरी कर्मचारीलाई सचेत गराएका थिए ।

भेलामा आईजी खनालले भाषण गरिरहँदा गत साता कास्की जिल्ला प्रमुखको रुपमा सरुवा भएका एसपी ओम राणा भने जिल्लाका गुण्डाका नाईके र तिनका सदस्यसँग एक रेष्टुरेन्टमा डबल ब्ल्याक खाई रहेका थिए ।

शुक्रबार नै पोखराको विमानस्थल उत्रेका एसपी राणालाई लिन पोखराको कुख्यात गुण्डा नाईके महेन्द्र गुरुङ भन्ने महेन्द्र भोटे र धनबहादुर छन्त्याल उर्फ लक्ष्मणको समुह दश वटा गाडी लिएर विमानस्थल पुगेका थिए । विमानस्थलमा एसपी राणालाई गुण्डाको समुहले खादा लगाएर स्वागत गरेको स्रोत बताउँछ ।

पोखरामा सौखिन गुण्डाका रुपमा चिनिएका लक्ष्मण हलिउडका नायक भन्दा कम छैनन् । उनको स्टाईल, लगाई र सौख असामान्य रहको उनको फेसबुक प्रोफाईलले पुष्टि गर्छ ।

जिउभर ट्रयाटुु, व्राण्डेड कपडा, अण्डर ग्राउण्ड जुत्ता उनको सौख पुरा गर्ने केही समाग्री हुन् । पोखाराको एक हाउजिङ कम्पनीलाई पाँच करोड फिरौंती मागेका भिआईपी गुण्डा धनबहादुर छन्त्याल उर्फ लक्ष्मणलाई कास्की प्रहरीले दुई बर्ष अगाडी पक्राउ गरेको थियो ।

हाउजिङ व्यापारी तथा रुपाकोट होटलका सञ्चालक पुष्पराज अधिकारीसँग लक्ष्मणले पोखरामा व्यापार गर्नु छ भने ५ करोड दिन भनेका थिए । लक्ष्मण लागूऔषध मुद्दामा केन्द्रीय कारागार सुनधारामा रहेका अर्का गुण्डाका नाईके विक्रम लामाका पार्टनर हुन् ।

बिक्रम लामा चार बर्ष अगाडी काठमाडौंबाट ३० ग्राम लागू औंषधसहित पक्राउ परेका थिए । दुई बर्ष अगाडी व्यापारीलाई कुटपिट गरी बन्दुक देखाउदै पाँच करोड पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि अधिकारी प्रहरीको शरणमा पुगेका थिए ।

प्रहरीले खोजी सुरु गरेपछि फरार भई काठमाडौं आएका लक्ष्मणलाई काठमाडौं प्रहरीको सहयोगमा पुरानो बानेश्वरबाट पक्राउ गरी पोखरा लगिएको थियो । पोखरा लगेपछि उनको घर खान तलासी गर्दा हतियार समेत बरामद भएको थियो ।

राजनीतिक आवरणमा व्यापारीसँग असुली गरेको आरोप समेत छन्त्याल माथि छ । यसअघि छन्त्याल हातहतियार मुद्दामा ८ महिना जेल बसेर छुटेका अभियुक्त पनि हुन् । पोखराका डन विक्रम लामाको समूहमा आबद्ध लक्ष्मणले लामा लागूऔषध मुद्दा जेल चलान भएपछि असुली धन्दा सञ्चालन गर्दै आएको उनीनिकट स्रोत बताउँछ ।

यस्ता आपराधिक समुहसँग एसपी राणाको हिमचिमले पोखरा गुण्डामय बन्ने खतरा बढेको छ । राना रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा तानिएका थिए । तत्कालिन समयमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले राणाविरुद्ध छानविन समिति नै बनाएका थिए ।उनी जहाँ गयो त्यही बद्नाम हुँदै आएका प्रहरी अधिकारी हुन् ।

अपराध महाशाखामा बस्दा रानाले लुटेरा समुहसँग पैसा खाएर बद्नामी कमाएका थिए । कास्कीमा नौ महिना छँदा एसपी अशोक सिंहले गुण्डा समुहका आपराधिक गतिविधीलाई निस्तेज पारेका थिए ।तर अब एसपी रानाले सुरुवातमै गुण्डा समुहसँग हात मिलाएपछि पोखरामा सुरक्षा अवस्था कमजोर हुने त्रास बढेको छ ।

एसपी राना गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको सेटिङमा कास्की पुगेका हुन् । उनी आईतबार मात्र कास्कीमा हाजिर भएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।