श्रीलंकाका चर्चित क्रिकेटर पनि बलात्कार आरोपमा पक्राउ - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

श्रीलंकाका चर्चित क्रिकेटर पनि बलात्कार आरोपमा पक्राउ



काठमाडौं- श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन्। दानुष्का अस्ट्रेलियाको सिडनीमा पक्राउ परेका हुन्।

उनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताइएको छ।

श्रीलंकाको टिम दानुष्कालाई सिडनीमा छाडेर स्वदेश फिर्ता भएको छ।

क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा दानुष्कालाई शनिबार पपक्राउ गरिएको जानकारी दिएका छन्।

उनी सप्ताहअघि चोटिल भएका थिए। त्यसपछि टिममा उनको ठाउँमा एसेल बन्डारालाई ल्याइएको थियो। तर, टिम व्यवस्थापनले दानुष्कालाई श्रीलंका नपठाएर अस्ट्रेलियामै टिमसँग राखेको थियो।

सिडनी प्रहरीले बयान जारी गरेर गएको साता सिडनीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।

बयानमा प्रहरीले कसैको नाम उल्लेख नगरी बलात्कारसम्बन्धी चारवटा मामिलामा पक्राउ गरिएको बताएको छ।

प्रहरीका अनुसार महिला र अभियुक्तबीच अनलाइन डेटिङ ऐपको माध्यमबाट पछिल्लो कैयौं दिनदेखि कुराकानी भइरहेको थियो। त्यसपछि उनीहरूबीच भेटघाट भएको थियो।

२ नोभेम्बरका दिन आफ्नो बलात्कार भएको महिलाले बताएकी छन्।

सिडनीमा ससेक्स स्ट्रिटस्थित एक होटलबाट ३१ वर्षीय एक श्रीलांकाली नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।