जापानमा गोेल्डमेडल जितेका खेलाडिलाई बुटवलमा स्वागत - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

जापानमा गोेल्डमेडल जितेका खेलाडिलाई बुटवलमा स्वागत



झविन्द्र देवकोटा /  बुटवल । जापानमा भएको अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन गोल्ड मेडल जितेर फर्किएका विद्यार्थीलाई बुटवल र सैनामैनामा भब्य स्वागत गरिएको छ ।

जापानमा गोल्ड मेडल जितेर फर्किएका सैनामैना मेमोरियल स्कुल, तेक्वान्दो डोझाङ्गका खेलाडि विद्यार्थीहरुलाई विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले बञ्चेबाजा सहित स्वागत गरेका हुन् ।

सैनामैना मेमोरियलका शिक्षक अभिभावकहरुले बुटवलको जितगढीमा स्वागत गरेका थिए । खेलाडि विद्यार्थीहरुलाई स्वागतसँगै निश्किएको स्वागत तथा विजयी ¥यालीले बुटवलका जितगढी, बेलबास, नयाँगाउ हुँदै सैनामैना नगरपालिकाका विभिन्न स्थानको परिक्रमा गरि विद्यालयमा पुगेर समापन भएको विद्यालयका प्रिन्सिपल जेबी क्षेत्रीले जानकारी दिनुभयो ।

गएको आइतबार (२२ अप्रिलमा) जापानको ओसाका साकाई सिटीमा भएको १६ औं वाटा आईसीटीओ खुल्ला अन्तरास्ट्रिय तेक्वान्दो चेम्पियनशिप २०१८ मा सैनामैना मेमोरियल स्कुलका बिद्यार्थी संजय पुनले कोरिया, जापान र ब्राजिलका खेलाडीहरुलाई पछि पार्दै गोल्ड मेडल हात पारेका थिए ।

यस्तै विद्यार्थी आशिष चौधरीले भारत र जापानका खेलाडीहरुलाई फाइनल हराए र गोल्ड मेडल हात पारेका थिए । यसैगरी सैनामैनाकै विशन बिकले जापान र भारतका खेलाडीहरुलाई हराएर अर्को गोल्ड मेडल हात पारेका थिए ।

विभिन्न २१ देशका एक हजार बढी खेलाडीहरुले सहभागिता जनाएको उक्त आईसीटीओ प्रतियोगितामा १८ केजीदेखि ७८ केजी तौल समुह खेलाडिहरु बीचमा प्रतिस्प्रधा गराइएको थियो ।