सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ



कैलाली । कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको स्पेशल अवार्ड विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको स्पेशल अवार्डको नाम माया मेट्रो हस्पिटल स्पेशल अवार्ड हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य शंकर वोहोराले हस्ताक्षर गरेका हुन् ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई पौतसहान गर्नका लागि थालनी हुन लागेको नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए । उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिईरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रिय सदस्य हुन भने उनि लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर छन् । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्नका लागि मदत्त मिल्ने मञ्चका सदस्य शंकर वोहोराले बताए ।

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाले बताए । अवार्डका अन्य विधा र मुख्य प्रायोजकको समेत खोजी गरिरहेको उनले जानकारी दिए ।