तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै



फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।