स्वर्गीय पत्रकार क्षेत्रीका छोराको अध्ययनका लागि सहयोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वर्गीय पत्रकार क्षेत्रीका छोराको अध्ययनका लागि सहयोग



हिमाल पोष्ट /काठमाडौँ, ९ पुस । अल्पायुमै निधन हुनुभएका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीका छोरा सुशनकुमार क्षेत्रीको अध्ययनका लागि अस्ट्रेलिया निवासी नेपालीले सहयोग गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको नेपालिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको बैठकले पत्रकार क्षेत्रीका छोराको पठनपाठनका लागि मासिक दुई सय अस्ट्रेलियन डलर दिने निर्णय गरेको फोरमका महासचिव माधव गैरेले जानकारी दिनुभयो ।

फोरम अष्टे«लियामा बस्ने नेपालीको नेपाली काँग्रेस निकट संस्था हो । माध्यमिक तहसम्मको शिक्षाका लागि गरिने उक्त सहयोग प्रत्येक ६ महिनामा हस्तान्तरण गरिने सहमति भएको हाल अष्ट्रेलियामा रहनुभएका युनियनका अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।

पत्रकार क्षेत्रीका छोरा सुशन अहिले भीएस निकेतनमा ३ कक्षामा अध्ययनरत छन् । सहयोगका लागि अध्यक्ष सिग्देलले फोरमलाई धन्यवाद दिँदै सम्पूर्ण रकम युनियनमार्फत क्षेत्रीका छोराको अध्ययनमा खर्चिने बताउनुभयो । उक्त सहयोगका लागि फोरमका तर्फबाट अध्यक्ष विवेक थापा र युनियनबाट अध्यक्ष सिग्देलले संयुक्त हस्ताक्षर गर्नुभएको छ । रासस