प्रहरीका २२ एसपीको एसएसपीमा बढुवा (नाम सहित) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

प्रहरीका २२ एसपीको एसएसपीमा बढुवा (नाम सहित)



काठमाडौं – मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ। एसएसपीमा २३ पद रिक्त छन् तर ४ वर्ष अवधि पुगेका २२ जना मात्र भएकोले आवस्यक संख्या भन्दा कम बढुवा गरिएको जनाइएको छ ।

बढुवा हुनेमा राजेन्द्र ढकाल, दोस्रो नम्बरमा सहकुल थापा, अरुण बिसी, प्रकाश अधिकारी, सुशिल कुमार यादब, मुकुन्दराज आचार्य, शरद खत्री, हरिराज वाग्ले र दिलिप बस्नेतको नाम सिफारिस भएको छ।

त्यस्तै पूजा सिंह विभूतीराज पाण्डे, बिक्रम बहादुर चन्द, भोजजंग शाह, नल प्रसाद उपाध्याय, देब बहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउन आलम खाँ, किशोर कुमार दाहाल, शेखर कोइराल र प्रदीप कुमार श्रेष्ठ एसएसपी बढुवामा सिफारिस भएका हुन्। बढुवा सिफारिस उपर उजुरी गर्न एक साताको समय दिइएको छ।