दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न



यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल संस्थाको आयोजनामा भएको उक्त प्रतियोगितामा जसु कडरिया डान्सिङ्ग स्टार भएकी छन् । सिनियर तर्फ सोनिया सुब्बाले रनर अप र भर्सटाईल डान्सरको उपाधि पाएकी छन् भने सेकेन्ड रनर अप कबिता बिष्ट भएकी छन । सिनियर ग्रुपको प्रगीयोगिता दुई चरणमा भएको थियो जसमा प्रस्तिस्प्रधि बाट फाईनल राउण्डमा ६ जना गएका थिए ।

दिउसो ११ बजे देखि कोलोभेलि पार्क मेमोरियल कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रममा बालबालिकाको ग्रुपमा कृषला गौतम जुनियर स्टार , प्रनिता श्रेष्ठ रनर अप र गजल ढकाल सेकेण्ड रनर अप भएका छन । बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता लिएका थिए भने सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता लिएका थिए ।

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई संवर्धन गर्दै यहाँ रहेका कलाकारहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एडीलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताए ।

बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको उक प्रतियोगितामा निर्णायक प्यानलमा चर्चित नायिका तथा मोडल प्रकृति श्रेष्ठ , द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बजर्चार्य र गायक तथा नृत्य निर्देशक लक्ष्मण गुरुङ थिए भने कार्यक्रम संचालन नबिन पन्तले गरेका थिए । आफुले अपेक्षा गरे भन्दा धेरै स्तरिय नृत्यहरु देख्न पाएकोमा आफु खुसि भएको नायिका श्रेष्ठले बताईन। पहिलो संस्करणमा समेत जजको भूमिका निर्वाह गरेका अमित बजर्चार्यले सानो नेपाली समुदाय बिचमा पनि यस्ता धेरै प्रतिभाहरुलाई नजिक बाट चिन्ने अवसर मिलेकोमा आफु हर्षित भएको बताए। अर्का जज लक्ष्मण गुरुङले यहाँ हुर्कदै गरेको दोश्रो पुस्ताका साना बालबालिकाहरुले समेत उत्कृष्ट नृत्य प्रदर्शन गरेको बताउदै यसले नेपाली कला संस्कृति प्रबर्धन गर्न थप टेवा पुग्ने बताए।