सोनिकाको हट म्युजिक भिडियो सार्वजनिक ! - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सोनिकाको हट म्युजिक भिडियो सार्वजनिक !



युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।पाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ । गीतमा सोनिका रोकायको पनि स्वर रहेको छ ।
नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा सोनीका रोकाया,शंकर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ ।

अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् ।भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।