सबै एनआरएनहरुको मनमा उपाध्यक्षका उमेदवार सोनाम लामा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

सबै एनआरएनहरुको मनमा उपाध्यक्षका उमेदवार सोनाम लामा



नेपालीको नेपाल र नेपालको लागी नेपाली तथा एक पटकको नेपाली सधैको नेपाली एवम् समृद्ध नेपालको अभियानको संकल्पलाई निरन्तरता दिन विदेशमा रहने सम्पूर्ण नेपालीहरुको प्रत्यक्ष सहभागीयता भन्ने बृहत नारा लिएर २००३ सालमा स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले संसारभरी छरिएर रहेका नेपालीहरुको साझा संस्था भएकोछ। विदेशमा रहने सबै पेशा, बर्ग विभिन्न जातजाति, बहुभाषाभाषी र कलासंस्कृति तथा धर्मका सयौं फुलका एउटै माला नेपाली हाम्रो पहिचान हो। नेपाल र नेपालीहरुलाई समृद्धि सक्षम तथा उद्यमशिल नागरिक बनाउन गैर आवासीय नेपाली संघका अग्रज तथा अभिन्यता निरन्तर अभियानमा अधिबढिरहेका छन। त्यसै क्रममा मुस्ताङ्गमा जन्मेका सोनाम लामा अमेरिकाको न्युयोर्कलाई २४ बर्ष देखि कर्म थलो बनाएका लामा लामो समय देखि नेपाल र नेपालीहरुलाई समृद्ध,सक्षम र उद्यमशिल बनाउन गैर आवासीय नेपाली संघको अभियानमा सकृय एक अभिन्यताको रुपमा काम गर्दै आएका छन।

गैर आवासीय नेपाली संघको अभियानलाई अझ धेरै ब्यबस्थित तथा तिब्र गतिको रप्तारमा नेतृत्वलाई उर्जावान र चलायमान बनाउन आफूसित संचित ज्ञान, शिप र समार्ध्य र अनुभवलाई गैरआवासीय नेपालीहरुको अभियानमा लगाउन समयको माग र आवश्यकतालाई ध्यानमा राख्दै आगामी २०१९- २०२१ कार्यकालको लागी संघको उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरीसकेका छन। संघको अभियानको आधारशिला निर्माण गर्न देखि सक्रिय भूमिका निर्बाह गर्दै आएका सबै अग्रज र सहकर्मी अभिन्यताहरुले कुनै सक्षम र अनुभवी व्यक्तिको आवश्यकता महशुस गर्दै आएकोले संघको विश्वभर रहेका गैरआवासीय नेपालीलाई एक सुत्रमा जोड्नु पर्ने बाधक र चुनौतीहरुलाई एउटा अवसरको रुपमा रुपान्तर गर्न सक्ने कुशम कार्यक्षमता भएको व्यक्तित्वको खोजी भएकोले सोनाम लामाको उम्मेदवारीले यो स्थानलाई परिपूर्ति गर्ने छ।

संसार भरी छरीएर रहेका गैर आवासीय नेपालीहरु र गैरआवासीय नेपाली संघ बिचको आपसी पारस्परिक र भाईचाराको सम्बन्धमा कमी कमजोरी हुने चुनौतीपुर्ण जटिल समस्याहरुको निराकरण गर्न उर्जावान र चलायवन नेतृत्वको खोजिहुनु अहिलेको महत्वपूर्ण आवश्यकता भएको देखिदै आएकोछ। नेपालको राष्ट्रिय एकता तथा गैर आवासीय नेपाली र आवासीय नेपालीहरुको बीचको आपासी सम्बन्ध र समझदारी, समान नागरिक हक अधिकार सहितको नेपाली दोहरो नागरिकता, पुर्खौली सम्पत्तीको अधिकार र गैर आवासीय नेपालीहरुलाई लाग्ने दोहरो कर, ब्यबस्थित एवम् सुरक्षित बैदेशिक रोजगार, गोर्खाहरुको समान पेन्सन तथा हक अधिकार लगायतका धेरै महत्वपुर्ण दैनिक चासोका बिषयहरुलाई आफ्ना मुख्य मूल्य र मान्यता भएका अभिन्यताको रुपमा भर बिश्वासको सकारात्मक सन्देश नेपाल र नेपाली बीच प्रबाह गर्ने एक सक्षम पात्र नै सोनाम लामा हुन।

गैर आवासीय नेपाली संघको पद ओगटेर मात्र हुदैन आगामी कार्ययोजनाहरु सहित भिजन र स्किल पनि आजको आवाश्यकता भएकोले गैर आवासीय नेपाली संघलाई सबैको साझा एवम् संयुक्त राष्ट्रको जस्तो बृहत सोचले संघको स्थायित्व र संस्थागत बिकासका अबधारणा बनाउन भिजन २०२० एण्ड बियोण्ड कार्यान्यवन गर्ने क्षमता र कार्यकुशलता सोनाम लामासित भएको पहिले नै प्रमाणित गरेका छन। गैर आवासीय नेपाली संघका निबर्तमान अध्यक्ष डा. शेष घलेको नेतृत्वमा निर्माण भएको भिजन २०२० एण्ड बियोण्ड सोनाम लामाको संयोजकत्वमा गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन अमिरिकाको न्युजर्सीमा फलफलको लागी प्रवेश पाएको थियो।फराकिलो दुरदर्शी सोचाई र उधार स्वभावका लामाले गैर आवासीय नेपाली संघको यो बृहत अभियानलाई राष्ट्रिय र अन्तरराष्ट्रिय ज्ञानसीपको भण्डारको साधन र स्रोत निर्माण गरी समृद्ध नेपाल र नेपालीको संकल्पलाई विस्तार गर्ने साझा मंच बनाउनु पर्ने सधै जोडदिदै आएका छन।

मुस्ताङ्ग जिल्लामा जन्मेका सोनाम लामाले स्वदेश तथा कर्म भुमि अमेरिकामा विभिन्न सामाजिक संघ संस्थामा कार्यरत रहेर नेपाली सामाज र नेपाली समुदायको बिकास र उन्नति तथा प्रगतिको लागी सधै सक्रिय भूमिका खेल्ने गरेका छन। सधै सामाजिक तथा सामुदायिक कार्यहरुको अभियानलाई निरन्तरता दिदै सन् २००९ देखि लगातार २ कार्यकाल गैर आवासीय नेपाली संघ अमेरिकाको आईसीसी सदस्यको सफल जिम्मेवारी निर्वाह गरी आईसीसी र एनसीसी बिचको समबन्धलाई अझ धेरै बलियो र समझदारी भर पर्दो बनाएका थिए। उनको योगदानपुर्ण स्मरणिय कार्यको अग्रसरताले गैर आवासीय नेपाली संघ सदस्यता औपचारिक सामुदायिक रुपमा बिष्तृत खुला गरी संघको सदस्यता वितरणले गैर आवासीय नेपाली संघ अमेरीकामा सबैको पहुचमा पुगेकोछ।त्यसै कारणले गैर आवासीय नेपाली संघको महत्व र संघको उपयोगिता बारे बुझ्ने र जान्ने शुभअवसर प्राप्त भएकोछ। बन्द कोठामा सिमित रहेको गैर आवासीय नेपाली संघ अमेरिका अहिले सबै अमिरीका निवासी नेपालीहरुको छाता र साझा संस्थाको रुपमा स्थापित भईसकेको छ। उत्तर अमेरिका उपसंयोजक कार्यकालमा सोनाम लामाको पहल तथा सुपरिबेक्षणमा लोकतान्त्रिक पद्धतिको उपयोगले गैर आवासीय नेपाली संघ अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न भएको थियो ।

गैर आवासीय नेपाली संघको २०१५-०१७ कार्यकालको लागी अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामा अध्यक्ष डा शेष घलेका अतिनै निकटम बिश्वास केचेन क्याविनेट पात्र मानिन्थे। अमेरिकामा संघको क्षेत्रीय सम्मेलन भिजन २०२० एण्ड बियोण्डको छलफल जस्ता महत्वपूर्ण कार्यहरु डा शेष घलेको अध्यक्षतामा सोनाम लामाको संयोजकत्वमा सम्पन्न भएका थिए।नेपालमा आएको विनाशकारी भूकम्पमा पिडितहरुको उद्धारको लागी अध्यक्ष शेष घलेसित हरेक समय काधमा काध मिलाई पिडितहरुको उद्धार र राहत वितरण कार्यमा खटेका थिए।लाप्राक नमुना बस्ति, संघको केन्द्रिय भवनको निर्माण, बाढी पहिरो पिडित र सितलहरको समयमा शेष घले नेतृत्वको सारथिको रुपमा धेरै जिम्मेवारीहरु निभाएका छन।नाकाबन्दीको समयमा संघको नेतृत्वको आह्वानमा नाकाबन्दि बिरुद्ध नाराजुलुसको नेतृत्व गरेको थिए। हरेक नेपालीहरुको दुख सास्ती र पिडाले दुखित मनमस्तिस्खमा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले गर्दै आएको उद्धार र राहत वितरणले पिडितको घाऊमा मलम लगाउने भरविश्वासको सिर्जना भएकोछ। प्राकृतिक प्रकोपबाट नेपाली जनतालाई पर्ने बाढीपहिरो, सितलहर लगायतका विपत्तिमा अध्यक्ष शेष घलेसित प्रत्येक्ष उद्धार र राहतको कार्यमा खटिदै आएको सबैको मनमश्तिक ताजैछ। गैर आवासिय नेपाली संघको २०११- ०१३ को लागी बिश्व सम्मेलनमा गैर आवासिय नेपालीहरु जातिय रुपमा विभाजित अबस्थामा संघलाई एक ढिक्का बनाई गैर आवासीय नेपाली संघलाई बिखण्डनको दुर्घटनाबाट सोनाम लामाको प्रयासले रोकेको ईतिहास साक्षीछ। गैर आवासीय नेपाली संघका सबै आदरणीय अध्यक्षहरुसित काम गर्ने सौभाग्य पाएकोमा लामा धेरै प्रफुल्लित र गर्वित महशुस गर्दछन।

२४ बर्षदेखि न्युवर्कमा रहदै आएका सोनाम लामा अमेरिकामा अर्गानिक सुपरमार्केट र रेस्टुरेण्टको पेशा गर्दछन। लामाले नेपालको मुस्ताङमा पनि अर्गानिक स्याउको बगैचाहरु संचालन गर्दै आएका छन् । हिन्दु धर्म र बुद्ध धर्मको संगम स्थल मुक्तिनाथमा लामाकै एकल प्रयासमा स्थापना गरिएको बुद्धमूर्ति नेपालकै सबैभन्दा अग्लो स्थानमा स्थापित गरिएको ३५ फीट अग्लो ढुंगाबाट कुदाएको बुद्धमूर्ति बुद्ध बगैचासहित लामाले निमाण गरेका छन। लामाको बिचारमा लुम्बिनी र मुक्तिनाथ क्षेत्र यो धरती अतिनै पवित्र भएकोले यी दुवै क्षेत्रलाई मिलाउने भर्याङ्गको काम र बौद्धधर्मालम्बीहरु लुम्बिनीको दर्शनपछि मुक्तिनाथको दर्शनको लागी आउने भएकोले यसको संरक्षण धेरै नै पुण्य कार्य भएको बिश्वास गर्दछन। मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक स्थल भएकोले धार्मिक पर्यटनको बिकास प्रबर्धनको लागी बुद्धमूर्तिको स्थापना गरेको लामाले बताउने गर्दछन।मुक्तिक्षेत्रमा दर्शनात्मक आउने पाहुनाहरुको स्वागत र सत्कारको लागी सोनाम लामाद्वारा निर्माणधिन मुक्तिनाथ रिसोर्ट हेल्प्यिाडसहितको चार तारे सेवा सुविधा सम्पन्न रिसोर्ट र काठमाडौंको पर्यटकिय बजार ठमेलमा निर्माणधिन चार तारे सेवा सुविधा सम्पन्न होटल संचालनको तयारी रहेका छन। रिसोर्ट र होटेलले पनि नया रोजगारीको सिर्जना गरी नेपालको अर्थतन्त्रमा टेवा र पर्यटन बिकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएकोछ।

एक पटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तरता सम्पूर्ण गैर आवासीय नेपालीहरुको आधारभुत नैसर्गिक अधिकार भएकोले एक पटकको नेपाली सधैको नेपालीलाई नेपाल सरकारले दोहरो नागरिकताद्वारा सम्बोधन गर्नु पर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा मुद्धालाई अभियानको रुपमा सोनाम लामाले सामुहिक र व्यक्तिगत रुपमा नेपाल सरकार र शिर्ष राजनीतिक नेताहरुसित धेरै पटक छलफल गरेकाछन। संसारको सबै भन्दा बिकसित र उधार लोकतान्त्रिक मुलुक अमेरिका तथा विश्वका अरु धेरै मुलुकहरुमा भएको दोहरो नागरिकता प्रणाली नेपालमा पनि लागु हुनु पर्दछ भन्ने मूल्य र मान्यताले अटल भएका लामा गैर आवासीय नेपाली नागरिकताको विषयमा संबिधानमा लेखिए पनि ऐनकानुनको निर्माण र कार्यान्वयनको पक्ष अझै बाँकी हुनाले हामी सबैको ध्यान त्यसै तर्फ केन्द्रित हुनु पर्ने बताउदै आएकाछन।बिदेशी नागरिकता लिने नेपालीहरुको नाम सम्म सुन्न र देख्न सम्म नचाहने नेपालको प्रचलनलाई गैर आवासीय नेपाली नागरिकता सुरुवादी उपलब्धिको रुपमा पाएकोले कार्यान्वयनका पक्षको सन्दर्भमा आउन सक्ने जटिलतालाई सहज बनाउन सबै गैर आवासीय नेपालीहरुको एकताको दवावले सरोकारवाला पक्षसित संवाद गर्न सहज संभव हुने अनुरोध गर्दै आफ्नो पनि निरन्तर साथ सहयोग र समर्थन रहने लामाले बताउदै आएका छन।

अव्यबस्थित बैदेशिक रोजगारले नित्याउने मानवीय क्षेती र उचित तथा उपयुक्त ब्यबस्थापनको लागी नेपाल सरकार र सम्बन्धित देशको सरकार तथा नेपाली दुताबाससित गैर आवासीय नेपाली संघको समन्वय कारी भूमिकाबाट मात्र समस्याहरुको समाधानका उपायहरु खोज्न सकिनेमा सोनाम लामा बिस्वस्त छन। बैदेशिक रोजगारले देशको ३५% अर्थतन्त्रलाई धानेको कुरा सबैलाई थाहा छ तर पनि बैदेशिक रोजगारमा उत्पन्न समस्या र जटिलता धेरैछन। जीवन बिमा र पेन्सनको जस्तो महत्वपूर्ण ब्यबस्थापन कार्यान्वयनमा हुन् नसक्नु ठुलो चिन्ताको बिषय बनेको लामाले दुखेसो गर्ने गर्दछन। सरकार, नेता तथा हामी सबैलाई चिन्ताको बिषय बनेको यो तर कार्यान्वयन हुन् सकेकोछैन। आगामी कार्यकालको गैर आवासीय नेपाली संघले बुदागत रुपमा बैदेशिक रोजगारका सबै समस्याहरु निराकरण गर्दै स्वरोजगार तथा स्वदेशी रोजगारमा धेरै जोड दिने बताएकाछन।

नेपालको लागी नेपाली र नेपालीको लागी नेपाली भन्ने सर्व शक्तिवान बिचारले गैर आवासीय नेपाली हरुले नेपालमा सामुहिक तथा व्यक्तिगत लगानी भित्राउने प्रयासको अभियानलाई सोनाम लामाले सधै निरन्तरता दिदै आएकाछन।गैर आवासीय नेपालीहरुको लगानीले राजस्वमा योगदान र स्वदेशी रोजगारलाई धेरै जोड दिन सक्छ। नेपालको पर्यटन उद्योगको बिकासलाई सम्पूर्ण गैर आवासिय नेपालीहरुको साथ र सहयोग अझ धेरै हुन सक्ने संभवाना औलाउछन। पर्यटन बर्ष २०२० मा नेपाल सरकारले २० लाख बिदेशी पर्यटन नेपाल भित्राउने योजनालाई गैर आवासीय नेपाली संघको पुरा साथ सहयोग रहने र एक नेपाली एक बिदेशी पर्यटक ल्याउने प्रतिबद्धता हामी सबैको गौरवशालि साझा उद्धेश्य भएको लामाले बताए।

गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष आदरणीय डा शेष घलेको अध्यक्षतामा आफु अमेरिकाको क्षेत्रीय संयोजकको रुपमा नेतृत्वमा आयोजना गरेको गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा छलफलको लागी प्रवेश पाएको भिजन २०२० एण्ड वियोण्ड गैर आवासीय नेपाली संघको आठौ बिश्व सम्मेलनले पारित गरेको थियो। भिजन २०२० एण्ड बियोण्ड सम्पुर्ण गैर आवासीय नेपालीहरुको साझा दस्ताबेच भएकोले यसको कार्यान्वयनका लागि तयार अबस्थामा रहेकोछ। नेतृत्वको चाहना र ईच्छा शक्ति तथा चलायवन गतिशील नेतृत्वले कार्यान्वयन गर्न सक्ने विश्वास भएकोले आफूले उपाध्यक्षको पदमा उम्मेदवारी दिएको लामाको भनाई छ ।भिजन २०२० एण्ड बियोण्डले संघको संस्थागत र नेतृत्व बिकासमा धेरै परिपक्कता ल्याउदै संघ प्रति महिला तथा नया पुस्तालाई आकर्षण गर्नेछ।

गैर आवासीय नेपाली संघको आगामी नेतृत्व सामुहिक तथा क्षेत्रगत समानुपातिक र सबै पेशा, बर्ग र क्षेत्रका सम्पुर्ण गैर आवासीय नेपालीहरुको प्रतिनिधित्वले मात्र गैर आवासीय नेपालीहरुका हक अधिकारहरुलाई सुनिश्चित गर्न सक्ने धारणा सोनाम लामाकोछ। व्यक्ति भन्दा ठुलो संस्था भएकोले संस्थाको लागी सबैको एकता, समान बिचार र धारणाले मात्र संस्थाको अस्तित्व रहन सक्नेछ। त्येसैले गैर आवासीय नेपाली संघमा हामी बहुभाषाभेष, बहुकलासंस्कृति र भिन् भिन्न धर्म जातजाति तथा विभिन्न सोचबिचारका सबै क्षेत्र,बर्ग र पेशाका सम्पूर्ण गैर आवासिय नेपालीहरुको प्रतिनिधित्व गर्ने गौरवको संस्था निर्माण गर्न हामी सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारी पुरा गर्न अठोट हुनु पर्ने सोनाम लामाको सोचाई छ।