क्यानाडामा सोमपालको टिमले सन्दीपको टिमलाई हरायो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

क्यानाडामा सोमपालको टिमले सन्दीपको टिमलाई हरायो



काठमाडौं – क्रिस लिनको विष्फोटक ब्याटिङ मद्दतमा ग्लोबल टी २० क्यानडा क्रिकेटमा विनिपिक हक्सले दोस्रो जित हात पारेको छ। गएराती भएको खेलमा हक्सले टोरोन्टो नेशनल्सलाई ३ विकेटले पराजित गरेको हो।

दुवै टिममा यसपटक नेपालका एक एक खेलाडी अनुबन्ध भएका थिए। तर सिंगापुरमा आइसीसी टी २० विश्वकप क्वालिफायर खेलेर क्यानडा पुगेका सोमपाल कामी र सन्दीप लामिछानेले भने यो खेल खेल्न पाएनन्।

सवमपाल हक्स र सन्दीप नेश्नल्स टिमका खेलाडी हुन्। सन्दीप आबद्ध टिमको यो तीन खेलमा दोस्रो हार हो। उता पहिलो खेल हारेपनि हक्सले भने लगातार दोस्रो खेल जित्दै ४ अंक जोडेको छ।

ब्राम्पटनस्थित सिएए सेन्टरमा भएको खेलमा हक्लसे नेश्नल्सलाई अन्तिम बलमा हराएको हो। लिनको ८९ रन मद्दतमा हक्सले २१७ रनको लक्ष्य पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिमलबलमा उमैर घानीले एक रन लादै जित पक्का गरे।

ओपनर लिनले ४८ बल खेल्दै २ चौका र १० छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि साइमन अवनरसँग ४८ रनको साझेदारी गरेका थिए भने सन्नी सोहलेसँग दोस्रो विकेटका लागि शतकिय साझेदारी गरे। लिन र सोहेलले ११७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। अनवरले २१ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ४३ रन जोडे। सोहेलले२७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ५८ रन बनाए। नेश्नल्सका सलमाननजर र क्रिस ग्रीनले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेश्नल्सले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो। उसका लागि ओपनर रोड्रिगो थोमस र किरण पोलार्डले अर्धशतक प्रहार गरे। थोमसले ४६ बल खेल्दै ३ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए। विष्फोटक ब्याटिङ गर्दै पोलार्डले २१ बलमै ५२ रन बनाए। त्यसक्रममा उनले ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै कप्तन युवराज सिंहले २६ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे। हक्सका ड्वाने ब्राभोले ४ विकेट लिए।