एक रातको रेट सोध्नेलाई मोडल सोफिया हयातको कडा जवाफ - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एक रातको रेट सोध्नेलाई मोडल सोफिया हयातको कडा जवाफ



विवादास्पद भारतीय टिभी रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आएकी मोडल सोफिया हयातले एक ट्रोलरलाई कडा जवाफ फर्काएकी छन् । ट्रोलरले उनलाई एक रातको रेट सोधेका थिए ।

ती व्यक्तिसँग भएको च्याटको स्त्रिmनसट सोफिया आफैंले सेयर गरेकी छन् । अविद हुसैन नामका व्यक्तिले उनलाई विनम्रतापूर्वक सोधेका छन्, ‘तपाईंलाई एक रातका लागि बुकिङ गर्न मैले कति तिर्नुपर्छ होला ?’

यो प्रश्नबाट भड्किएकी सोफियाले जवाफमा लेखिन्, ‘पहिले आफ्नो आमालाई सोध । त्यसपछि बहिनीलाई र फेरि पत्नीलाई सोध । उनीहरुले तँलाई एक रातको रेट बताउने छन् ।’

त्यसपछि हुसैनले लेख्छन्, ‘तर उनीहरुले तिमीले जस्तो शरीर त देखाएर हिडेका छैनन् नी ?’ त्यसमा सोफिया झन् कडारुपमा प्रस्तुत हुन्छिन् । उनले लेखिन्, ‘तेरी आमाले तँलाई आफ्नो शरीर देखाएकी थिइन् । आफ्नो टाङ फटाएर तँलाई पैदा गरेकी थिइन् । तेरो दिमागलाई सुद्द गर । के तेरा निम्ति रमजानको कुनै मतलब छैन ?’

यस च्याटको स्त्रिmनसट सेयर गरेपछि सोफियाले एउटा भिडियो पनि सेयर गरेकी छन् जसमा उनी उक्त व्यक्तिको बारेमा बताउँछन् । उनले भनेकी छन् कि ती व्यक्ति एक मुस्लिम हुन् र अहिले रमजानको महिनामा उनी यस्तो कुरा गरिरहेका छन् । उनले आफूलाई आइन्दा यस्ता प्रश्न नगर्न सबैलाई चेतावनी दिएकी छन् ।