स्मिथको किर्तिमान: धमाकेदार कमब्याक - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

स्मिथको किर्तिमान: धमाकेदार कमब्याक



एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथले कमब्याक खेलमा उत्कृष्ट शतक प्रहार गरेसँगै इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा छ ।

पहिलो टेष्टको पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया २ सय ७४ रनले अघि छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अस्ट्रेलिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ सय ८४ रनमा समेटियो । उसका लागि स्टिम स्मिथले १ सय ४४ रनको उत्कृष्ट शतक प्रहार गरे ।

टेष्ट करिअरको २४ औं शतक पुरा गरेका उनले २ सय १९ बलमा १६ चौका र २ छक्का प्रहार गरे । गत वर्ष दक्षिण अफ्रिकासँगको तेस्रो टेष्ट सिरिजमा बल टेम्पिरिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेका स्मिथले उत्कृष्ट कमब्याक गरेका हुन् ।

स्मिथ एशेज सिरिजको पहिलो दिनमा ब्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी समेत बनेका छन् । खराब अवस्थामा पुगेको अस्ट्रेलियालाई स्मिथले उद्धार गरेका थिए । एक समय अस्ट्रेलिया ३३ ओभरमा १२२–८ को कमजोर अवस्थामा पुगेको थयो ।

नवौं विकेटका लागि स्मिथले पिटर सिडेलसँग ८८ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे । पिटरले ८५ बलमा ४४ रन जोडे । त्यस्तै अन्तिम विकेटका लाथि नाथन लायनसँग ७४ रनको साझेदारी गरेपछि अष्टे«लिया बलियो अवस्थामा पुगेको थियो । नाथन १२ रनमा नट आउट रहे । ट्रविस हेड ३५,डेविड वार्नर २,क्यामरन बनक्रफ्ट ८,उस्मान खजावा १३,मेथ्युज वेड १,कप्तान टिम पेन ५ र जेम्श प्याटिसन डक आउट हुन पुगे ।

इंग्ल्यान्डका लागि स्टावर्ट ब्रोर्डले २२.४ ओभरमा ८६ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्स ३,बेन स्टोक्स र मइन अलीको नाममा समान १ विकेट रह्यो । त्यस्तै पहिलो इनिङ थालेको इंग्ल्यान्डले २ ओभरमा १० रन जोड्दा पहिलो दिन सकिएको छ । उसमा रोय ब्रुर्नस ४ र जेसन रोय ६ रनमा अविजित छन् । सम्रगमा इंग्ल्यान्ड पहिलो दिनको खेल सकिदा २ सय ७४ रनले पछि छ ।