स्मिथले हाने एकै टेष्टमा दुई शतक - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

स्मिथले हाने एकै टेष्टमा दुई शतक



एजेन्सी । बहुचर्चित टेष्ट सिरिज ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेष्टमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले दोस्रो शतक बनाएका छन् ।

इंग्ल्याण्डको एज्बास्टनमा आइतबार टेष्टको दोस्रो इनिङ्समा स्मिथले शतक बनाएका हुन् । स्मिथ ११३ रन बनाएर खेलिरहेका छन् ।

एसेजमा उनको यो दशौँ शतक हो । यस्तै उनको करियरको २५ औं टेष्ट शतक हो । सर्वाधिक चाँडो २५ टेष्ट बनाउने उनि दोस्रो खेलाडी हुन् ।

यसअघि उनले पहिलो इनिङ्समा समेत शतक बनाएका थिए । बिहिबार भएको पहिलो इनिङ्समा स्मिथले १४४ रनको इनिङ्स खेलेका थिए ।

स्मिथको शतकसँगै टेष्टको चौथो दिनको खेलमा अष्ट्रेलियाले ७० ओभरमा ४ विकेट गुमाएर २६१ रन बनाएर खेलिरहेको छ ।