स्मार्ट टेलिकमको नयाँ वर्ष अफर : ९० दिनसम्म मालामाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्मार्ट टेलिकमको नयाँ वर्ष अफर : ९० दिनसम्म मालामाल



काठमाडौं– स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ तथा विद्यमान ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ ।

२०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैयाँ मा ७ दिन कुरा गर्न सकिने छ । यी दरहरुमा कर भने समावेस गरिएको छैन ।

स्मार्टको नयाँ डाटा प्याक खरिद गरी ग्राहकले संसारभर आफूलाई चाहिएको वेला सहजै आवद्ध गर्न सक्नेछन् । यो अफर अप्रिल ४ देखि ९० दिनको लागि मात्रै लागु हुनेछ । साथै १० जिबी डाटा ३१९ मा ३० दिनका लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ ।

सेवा सुचारु गर्ने तरिका

–१ दिन मान्य हुने २००एमबीको डाटा खरिद गर्न *141*3*1*6# टाइप गरी कल गर्न सकिन्छ ।
–१ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*3# टाइप गरी कल गर्न सकिन्छ (यो १ दिनको लागि मात्र)
–७ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*2# टाइप गरी कल गर्न सकिन्छ (यो ७ दिनको लागि मात्र हुनेछ)

साथै ज्यादा डाटा प्रयोग गर्ने ग्राहकहरुले स्मार्टको १० जिबी डाटा प्याक मात्र ३१९ (करवाहेक) खरिद गर्न सक्नेछन् । स्मार्टले ग्राहकहरुको आवश्यकता अनुसार विभिन्न डाटा प्याकहरु उपलब्ध गराउँदै आएको छ ।

उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक 4जी प्रविधिको प्रयोग गर्दै आएको छ । स्मार्टका ४जी प्रयोगकर्ताहरुले प्रतिसेकेन्ड ७० एमबीको पिक डाटा तथा ४० एमबीको औसत डाटा रेट प्राप्त गरेका छन् ।

स्मार्टले यस प्याकहरू मार्फत आफ्ना नयाँ तथा विद्यमान ग्राहकहरूलाई इन्टरनेट र अनलिमिटेड कलको सुविधा अत्यन्तै किफायती दरमा उपलब्ध गराउँदै आएको छ ।