स्मार्ट लाईसेन्सको मनपरी गर्नेलाई मन्त्रीकै संरक्षण - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

स्मार्ट लाईसेन्सको मनपरी गर्नेलाई मन्त्रीकै संरक्षण



सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ बर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीइ कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ ।

मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा परेका छन् ।

तर, यातायानमन्त्री रघुवीर महासेठका कारण सरकारले उल्टै उक्त कम्पनीलाई संरक्षण गरेको पाईएको छ ।

यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स र प्रिन्टिङ मेसिन खरिदका लागि गरेको ग्लोबल टेण्डर मद्रास सेक्युरिटीले पाएको थियो तर, उक्त कम्पनीले तोकिएको समयमा आपुर्ति नगरेपछि विभागले अघिल्लो साता ठेक्का रद्ध किन नगर्ने भन्ने पत्र पठाएपछि विभागबाट महानिर्देशक रुपनारायण भट्टराइ नै हटाईए ।, आजको कारोवारमा यो खबर छ ।