'स्मार्ट लाइसेन्स'को लागि चार लाख कार्ड - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

‘स्मार्ट लाइसेन्स’को लागि चार लाख कार्ड



काठमाडौं । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले दिएको जानकारी अनुसार‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको ल्याइएको हो । केही समयभित्रै बाँकी छ लाख कार्ड पनि आइपुग्ने जानकारी दिए ।

‘कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ’, खनालले भने । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउनसकेका छैनन् ।

सरकारले चार वर्षअघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ ।

अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।