स्वास्थ्य सामग्री ल्याएको स्काई ट्रक धनगढी पुग्यो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्वास्थ्य सामग्री ल्याएको स्काई ट्रक धनगढी पुग्यो



कैलाली । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर सुदूरपश्चिमका लागि नेपाली सेनाको स्काई ट्रक धनगढी विमानस्थलमा अवतरण भएको छ।

स्वास्थ्य सामाग्री सहित काठमाडौँबाट उडेको स्काई ट्रक
धनगढी विमानस्थलमा अवतरण भएको हो।

यसअघि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई लगायतका सामग्री लिएर उडेको स्काई ट्रक समस्या देखिएको भन्दै फिर्ता भएको थियो।

स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएपछि विमानचालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनः त्रिभुवन विमानस्थल नै फिर्ता भएको थियो।