झापाका सबै पालिकामा कृष्ण सिटौलाको कब्जा: देउवा, पौडेल र शर्मा नील - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

झापाका सबै पालिकामा कृष्ण सिटौलाको कब्जा: देउवा, पौडेल र शर्मा नील



काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नेता काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौलाले बाजी मारेका छन् ।

४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो ।सबैमा सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् ।​ कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई चयन भएका छन् । यस्तै मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित भएका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् भने झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन् भने दमक नगरपालिकामा प्रकाश प्रसाई चयन भएका छन्।

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् भने भद्रपुर नगरपालिका सभापतिमा राम बहादुर कँडेल चयन भएका छन् । बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा चयन भएका छन् भने गौरादह नगरपालिकामा यादव राज सेढाई चयन भएका छन्।

शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत चयन भएका छन् भने हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन भएका छन्। ​गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनु प्रसाद राजवंशी चयन भएका छन् भने बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत चयन भएका छन्। यस्तै, कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् ।

यससँगै विश्वप्रकाश सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा पक्षका कसैले पनि जितेका छैनन् ।