सिटौला सभापति र पौडेल महामन्त्री: छुट्टै प्यानल घोषणा गर्दै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिटौला सभापति र पौडेल महामन्त्री: छुट्टै प्यानल घोषणा गर्दै



काठमाडौं- मंसिर २४ गते काठमाडौंमा सुरु हुने कांग्रेसको महाधिवेशनका रोचक बन्ने भएको छ । सभापतिको आकांक्षीहरू बढ्ने भएका छन् । सभापति देउवालाई साथ् दिने भनेका कृष्ण सिटौला पनि आफ्नो छुट्टै प्यानल बनाएर सभापति लड्ने भएका छन् ।

आआफ्ना समूहबाट उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले पनि छुट्टै प्यानल घोषणा गर्ने तयारी गरेका छन्। सभापति पदमा सिटौला, महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवार बन्नेगरी आज प्यानलै घोषणा गर्ने तयारी गरिएको बताइएको छ।

आजै दिउसो पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा उम्मेदवारीबारे सहमति जुटाउने सक्दो प्रयास गरिने तर सहमति भएन भने नेता सिटौलाले छुट्टै प्यानल घोषणा गर्ने तयारी रहेको बताइएको छ ।