सिटौलाका कारण प्रदीप पौडेललाई मतदाताको थप्पड - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सिटौलाका कारण प्रदीप पौडेललाई मतदाताको थप्पड



काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी महामन्त्रीको मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले विजय प्राप्त गरेका छन् । सभापतिमा जितेका देउवा प्यानलका उम्मेदवारले भने नराम्रो हर ब्योहोरेका छन् ।

भारी मतान्तरले गगन र विश्वप्रकाशले जितेपछि कांग्रेस कार्यकर्तामा छुट्टै उत्साहा छाएको छ । उनीहरूको जितसँगै कांग्रेस रूपान्तरण हुने देखिएको छ ।

उनीहरूको अगाडी अन्य उम्मेदवार भने निरिह बनेका छन् । जनमत भएका केहि नेताको भने गुटका कारण बिजोग बनेको छ । त्यस्तै सिटौलाको पछि लाग्दा प्रदीप पौडेलले पनि नराम्रो हार बेहोरेका छन् ।

निषेधको राजनीति गर्न खोज्ने कृष्ण सिटौलालाइ पनि मतदाताले झापड हानेका छन् । उनले गगन थापालाई हराउन देउवासँग मिलेर प्रदीप पौडेललाई महामन्त्रीमा उठाएका थिए । राम्रो मत ल्याउने अपेक्षा गरिएका प्रदीपलाई मतदाताले पत्याएनन् ।

उनको लोकप्रियता राम्रो भएपनि सिटौलाकै कारण प्रदीपलाई मत नदिएको प्रारम्भिक अनुमान गरिएको छ ।