धार्मिक तथा पर्यटकीय क्षेत्र सीता कुण्डको प्रचार प्रसारका लागि मेलाको आयोजना - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

धार्मिक तथा पर्यटकीय क्षेत्र सीता कुण्डको प्रचार प्रसारका लागि मेलाको आयोजना



बिशाल पाण्डेय / सुखड,कैलाली ।
“भाषा ,धर्म ,संस्कृति तथा पर्यटन प्रवर्द्धन ,पवित्र धार्मिक स्थल सिता कुण्ड मन्दिरको संरक्षण” भन्ने मुल नारा सहित
कैलालीको घोडाघोडी नगरपालिका -४ गैडाखेडामा ‘सिताकुण्ड माघि संक्रान्ति धार्मिक मेला २०७५’ हुने भएको छ ।

धार्मिक तथा पर्यटकिय स्थल सिता कुण्ड मन्दिर क्षेत्रलाई प्रचार प्रसार गर्ने उद्देश्यले पुस ३० गतेदेखि माघ २ गतेसम्म मेलाको आयोजना गरिएको हो ।

सोमबारदेखि शुरु हुने मेलाको लागि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी , संघ संस्था तथा स्थानीयहरुले मन्दिर क्षेत्रमा सरसफाई तथा मन्च व्यवस्थापन गर्ने काम तिब्र रुपमा गरिरहेको आयोजकले जनाएको छ ।

लामो समय देखि पर्यटकिय सम्भावना बोकेको धार्मिक क्षेत्र सीता कुण्डमा अहिलेसम्म कसैको ध्यान नगएर ओझेलमा परेको हुदा प्रचारप्रसार गरि पर्यटकिय क्षेत्रमा चिनाउन र यस क्षेत्रको विकासको लागि मेलाको आयोजना गर्न लागिएको घोडाघोडी नगरपालिका वडा नं ४ का वडाध्यक्ष टेक बुढाले बताउनु भयो । उहाँले मन्दिरलाई अझै व्यवस्थापन गरि पुजारीहरुलाई बस्नको लागि ३ कोठे भवन निर्माण गर्ने र मन्दिरमा प्रवेश गर्ने गेट निर्माणको लागि बजेट समेत छुट्याइएको बताउनु भयो ।

मेलामा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा लोक तथा देउडा गायक संसार धामी , देउडा गायक लालबहादुर धामी , लोक पप तथा देउडा चेतन बोहरा , हास्य कलाकार दिपेन्द्र ओलि , मोडेल इमा मगर, र्‍यापर करिस्मा बिष्ट , मोडेल दिपा तिवारी, मगर नाच तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।

किम्मदन्तिका अनुसार राम र सिता बन बास जादा रामले सिकार खेलेको ठाउँ र सितालाई पानि प्यास लागेपछि कुवा खनेर पानि खाएको हुनाले यसलाई सिता कुण्ड भनिएको स्थानियहरुले बताए । सिता कुण्डमा पोखरीको भित्री सतहबाट आफै पानिका फोकाहरु आउने गर्दछ ।