सीताको अपहरण रामले गरेका थिए ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सीताको अपहरण रामले गरेका थिए !



भारतको गुजरातका विद्यालयहरूमा कक्षा १२ को संस्कृत विषयसम्बन्धी पुस्तकमा गलत तथ्य छापिएको पाइएको छ ।

सीतालाई रामले हरण गरेको त्यसमा लेखिएको छ । अधिकारीहरू यसका लागि गलत अनुवादलाई दोष दिँदै जिम्मेवारीबाट पन्छिएका छन् ।

किताब ‘इन्ट्रोडक्सन टु संस्कृत लिटरेचर’ को पृष्ठ १०६ मा लेखिएको छ – ‘यहाँ कविले आफ्नो मौलिक सोचबाट रामको चरित्रको उम्दा तस्वीर बनाएका छन् । रामले सीताको अपहरण गरेपछि लक्ष्मणद्वारा रामलाई दिइएको सन्देशको मनोहर वर्णन गरिएको छ ।’ यहाँ रामको ठाउँमा रावण लेख्नुपर्थ्यो ।

गुजराती पाठ्यपुस्तकमा छापिएको कालिदासको काव्य रघुवंशम् को व्याख्या र अनुवादमा यो गलत तथ्य छपाइएको हो । सेवानिवृत्त संस्कृत प्राध्यापक वसन्त भट्टले सीताको अपहरण रामले नभई रावणले गरेको सबैलाई थाहा भएको र मूल प्रतिमा रावण नै भएको बताए ।

गुजरात स्टेट बोर्ड अफ स्कूल टेक्स्टबूक्सका कार्यकारी अध्यक्ष डा नितिन पेठानीलाई यस विषयमा सम्पर्क गर्दा शुरूमा त उनले यस विषयमा जानकारी नै नभएको बताए । पछि चाहिँ उनले गल्ती स्वीकारे ।

उनले भने, ‘अनुवादमा गल्ती भएको छ । रावणको ठाउँमा राम लेखिएछ ।’

एजेन्सी