प्रचण्ड’ पत्नी सीता दाहाललाई आइसियुमा सारियो - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

प्रचण्ड’ पत्नी सीता दाहाललाई आइसियुमा सारियो



काठमाडौं- अस्पताल भर्ना भएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई आइसियुमा सारिएको छ ।

सीतालाई बुधबार आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको थियो । त्यसपछी अवस्था जटिल बनेपछि आइसियुमा सारिएको बताइएको छ ।

उनलाई आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

बुधबार आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेस समितिको निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन्।

‘आज अध्यक्ष कमरेड तपाईंहरूसमक्ष उपस्थित हुन सक्नुभएन र अब सक्नुहुन्न,’ कार्यक्रममा श्रेष्ठले भने,‘अहिले हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका कारण उहाँलाई हस्पिटल लगिएको छ। मडिसिटीको आइसियूमा हुनुहुन्छ।’