सीता दाहाल अस्पताल भर्ना, प्रचण्ड उपस्थित हुने कार्यक्रम स्थगित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
स्वास्थ्यमा थप समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा थप समस्या देखिएको छ ।
सीता दाहाल लामो समयदेखि एक जटिल प्रकारको रोगबाट पिडित छिन् । सीताको स्वास्थ्यमा जटिल समस्या भएपछि प्रचण्डका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।