गठबन्धनको सिट बाँडफाँट टुङ्गियो, यसरी भयो सहमति - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गठबन्धनको सिट बाँडफाँट टुङ्गियो, यसरी भयो सहमति



सत्तारुढ गठबन्धनको सिट बाँडफाँट करिब टुङ्गोमा पुगेको छ । प्रारम्भिक सहमती भैसकेको कांग्रेसका एक नेताले दाबी गरेका छन् ।

गठबन्धनका शीर्ष नेतातहरुसहित बालुवाटारमा जारी बैठक अझै सकिएको छैन । शिर्ष नेताहरू बिहीबार बिहान ११ बजेदेखि बैठक बसिरहेका छन् ।
बैठक अहिलेसम्म पनि बालुवाटारमा जारी छ। शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो नजिक पुगेको बताएका छन् ।

प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँट गरेका हुन्। यद्यपि यसको पूर्ण खाका सार्वजनिक भइसकेको छैन। प्राप्त विवरण अनुसार नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चाले १ सिट लिने गरि सहमति भएको दाबी गरिएको छ ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी छन् ।

सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले सार्वजनिक भने गरिसकेको छैन। कार्यदलका एक सदस्यका अनुसार ८६ सिटमा कांग्रेस, माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट, राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ।

यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना रहेको बताइएको छ ।