प्रवासी नेपाली संघको सांकृतिक कार्यक्रम हुने - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

प्रवासी नेपाली संघको सांकृतिक कार्यक्रम हुने



अर्जुन खनाल /नयाँ दिल्ली

प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति अन्तर्गत संचालित सिर्जना सांकृतिक मंचको आयोजनामा सांकृतिक कार्यक्रम  हुने भएको छ।

प्रवासी नेपाली संघ भारत स्वर्ण समोत्सवको अवसर पारेर  सन् २०१७  को आगमनमा सुभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम गर्ने आयोजले बताएका छन् ।

सो अवसरमा अन्य रोमान्चक  कार्यक्रमहरु पनि हुने बताईको छ ।यहि आउदो जनावरी १ तारिक आईतवार दिल्लीको  एन्डुसगंज सामुदायिक भावनामा सांकृतिक कार्यक्रम संगै फ्री हेल्थ चेक अप हुने जनाकारी सांकृतिक बिभाग प्रमुख राजु न्यौपानेले हिमाल पोष्टलाई जनाकारी दिनु  भएको छ  ।

उक्त कार्यक्रममा नेपलदेखी ख्याती प्राप्त कलाकार जमुना राना, बिष्णु जी पाण्डे (माईला बा), सपना गह मगर, बालचन्द्र बराल , धुर्ब राना , नबिन न्यौपाने, रामगहत राज आदिको उपस्थित हुने जनाकारी गराईएको छ भने सोही दिन ५००० भन्दा बढीको भाग्य चिठ्ठा पनि राखिएको आयोजले बताएका छन् ।