सिरहा तनावग्रस्त: राजमार्ग अवरुद्ध, बजार बन्द - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिरहा तनावग्रस्त: राजमार्ग अवरुद्ध, बजार बन्द



जनकपुरधाम। सिरहाको गोलबजार नगरपालिका-६ डोहटियामा छुरा प्रहारबाट एक जनाको हत्या र एक जना घाइते बनाइएको घटनाले उग्र रूप लिएको छ।

घटनाको विरोधमा स्थानीयले आन्दोलन शुरु गरेका छन्। डोहटिया टोलका बासिन्दाले गोलबजार चोकमा जम्मा भएर टायर बाल्दै पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्।

उनीहरूले इलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरूको प्रदर्शनका कारण गोलबजार बजारसमेत बन्द भएको छ।

घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तिसहित माग राखेर उनीहरूले आन्दोलन शुरु गरेका छन्। आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरू अलपत्र परेका हुन्।

शनिबार राति घर जाने क्रममा गोलबजार नगरपालिका-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरूको समूहले छुरा प्रहार गरेका थिए। छातीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ।

घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ। उनको अवस्था पनि गम्भीर छ। घटनामा संलग्नहरूको पहिचान हुन नसकेको र अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए।