सिंहदरबारभित्र सुर्ती र चुरोट प्रतिबन्ध ! - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

सिंहदरबारभित्र सुर्ती र चुरोट प्रतिबन्ध !



काठमाडौं – प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कर्यालय र गृह मन्त्रालय सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका सचिव राजेश शर्माले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले दुई दिन अगाडि दुवै निकायलाई पत्राचार गरेको छ ।