सिंहदरबार छिर्ने सबै खाले पास खारेज, यस्तो छ सरकारको आदेश - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सिंहदरबार छिर्ने सबै खाले पास खारेज, यस्तो छ सरकारको आदेश



काठमाडौं । सरकारले पास भएकाहरूलाई पनि सिंहदरबार प्रवेश गर्न नपाइने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।

गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।

मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि जनाएको छ ।

यस्तै सरसफाईसँग सम्बन्धित व्यक्तिको हकमा यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिइने गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव प्रतिमकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइने छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेना गृहको हकमा बिहीबार एक दिनका लागि यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने शुक्रबारदेखि नयाँ परिचयपत्र जारी गर्नुपर्नेछ ।

गृह मन्त्रालयबाट सहमति प्राप्त गर्नका लागि देहाय मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । कोभिड–१९ ओमिकोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गरी सिंहदरबार परिसरभित्र प्रवेश गर्न कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।