काठमाडौंका पसल २४ सै घन्टा खोल्ने सिर्जना सिंहको घोषणा - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

काठमाडौंका पसल २४ सै घन्टा खोल्ने सिर्जना सिंहको घोषणा



काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि तरुण (युवा)हरूलाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन्। उनले २४ सै घन्टा पसल खोल्ने वातावरण बनाएर युवालाई रोजगार बनाउने घोषणा गरेकी छिन्।

उनले भनिन्, ‘अहिलेसम्म तरुणहरूले दिने काम मात्रै गरे। म मेयर भएपछि तरुणहरूलाई दिने काम गर्छु।’ उनले तरुण युवालाई विदेशिन भौतारिन नदिइ यही रोजगार सिर्जना गर्ने आफ्नो मुख्य अजेन्डा हुने बताएकी छिन्।

‘मेरो मुख्य अजेन्डा युवाहरू पर्नुहुन्छ। आइटी व्यवस्थापन गरेर स्वरोजगार गराउनेछु। युवाहरूलाई खेलकुदमा संलग्न गराएर अन्तराष्ट्रिय रुपमा नेपाल भन्ने देश चिनियोस् भन्ने मेरो चाहना छ,’ उनले भने, ‘कला संस्कृतिको संरक्षणमा तरुणहरूलाई संलग्न गराउँछु। काठमाडौं संस्कृति र सम्पदा उजागर गरेर व्यवस्थित, राम्रो र सुन्दर शहर बनाउँछु।’

उनले विष्णुमति र बागमतीका लागिपर्ने बताउँदै हरेक काममा युवाहरू आफ्नो प्राथमिकतामा हुने उनले बताइन्। उनले मुख नभएर रुख हेरेर भोट हाल्न आह्वान गरेकी छिन्।