सिङ्गापुरमा ओलीको लोप्पा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सिङ्गापुरमा ओलीको लोप्पा



काठमाडौं– प्रधानमन्त्री केपी ओली ५ भदौमा स्वास्थ्योपचारका लागि दोस्रोपल्ट सिंगापुर उडेसँगै उद्योगी, व्यापारी र नेकपाका शीर्षदेखि मध्यम तहसम्मका नेताहरू स्वास्थ्यलाभको कामना गर्न, शुभकामना दिन भन्दै लाम लागेर गएका थिए ।

स्रोतका अनुसार उद्योगी, व्यापारी गरी दुई दर्जनभन्दा बढी व्यक्ति प्रधानमन्त्री ओली भेट्न सिंगापुर पुगेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, व्यवसायी चन्द्र ढकाल, व्यापारी दीपक मलहोत्रा, सौर्य एयरलाइन्सका प्रमुख दीपक पोखरेल, क्याप्टेन रामेश्वर थापा, व्यापारी दिनेशलाल श्रेष्ठ, एनआरएन अध्यक्ष भवन भट्टलगायत सिंगापुर पुगेका थिए ।

त्यस्तै पूर्वमन्त्री कृपाशुर शेर्पा, सांसद् नवराज सिलवाल, डीआईजी तथा प्रहरी प्रवक्ता विश्वराज पोखरेललगायत पनि प्रधानमन्त्री ओलीप्रति शुभेच्छा जनाउँदै सिंगापुर पुगेका थिए । यद्यपि, यीमध्ये कसैले पनि ओली भेट्न पाएनन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्यलाई भेटेर फर्किएका थिए । नेपाल साप्ताहिकबाट