आक्रामक सिङ्गापुर: नेपाललाई सङ्कट बन्दै खेल - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आक्रामक सिङ्गापुर: नेपाललाई सङ्कट बन्दै खेल



काठमाडौं । घरेलु टोली सिंगापुरले आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालविरुद्ध अत्यन्त राम्रो प्रदर्शन गरिरहेको छ ।

सुरुआती विकेटपछि दबाबमा परेको सिंगापुरले निकै सम्हालिएर प्रदर्शन गर्दै १४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १३६ रन बनाएको छ ।

ओपनर सुरेन्द्रम चन्द्रमोहन ८ रनमा पवेलियन फर्किएपछि सिंगापुरको इनिङस् रोहन रङगराजन र तिम डेभिडले सम्हालिरहेका थिए ।  

रोहन रङगराजन अहिले पवेलियन फर्किएका छन् ।

यो खेल नेपालको लागि कष्टकर बन्द गैरहेको छ । अहिले करिव १० प्रति ओभरमा रनरेट चलेको छ । यो निकै कठिन मोड हो ।