सिन्दुर हाल्ने बेलामा बेहुलीनै भागेपछि... - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सिन्दुर हाल्ने बेलामा बेहुलीनै भागेपछि…



जनकपुरधाम । धनुषाको शहीदनगरमा विवाहको विधि चल्दै गर्दा बेहुली बेपत्ता भएकी छिन् । शहीदनगर नगरपालिका ३ यदुकोहा महराटोलकी युवती स्वयम्बरपछि भागेकी हुन् ।

सिन्दुर हाल्ने विधि सुरु हुने बेलामा बेहुली परिवार तथा जन्तीको आँखा छलेर युवति भागेको परिवारका सदस्यले बताए । २० वर्षे राम थरकी ती युवतीे पहिलेदेखि गाउँ नजिकैको एक युवासंग प्रेम गरिरहेको र प्रेमीसँगै उनी भागेको स्थानीयवासीको आशंका रहेकोछ ।

स्वयम्बरसम्म विवाहको विधि राम्रैसँग चलिरहेको थियो तर मूल विधि शुरु हुनुअघि बेहुलीका साथीहरुले उनलाई भगाएको स्थानीयको भनाइ छ । विवाहस्थलबाट भागेकी बेहुली र उनलाई भगाउने साथीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।