उद्योग वाणिज्य महासंघले भन्यो सिन्डिकेट अन्त्य गर्नुपर्छ ! - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

उद्योग वाणिज्य महासंघले भन्यो सिन्डिकेट अन्त्य गर्नुपर्छ !



यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । लामो समयदेखि यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको माग गर्दै आएको महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयको स्वागत गरेको हो ।

महासंघद्वारा जरी विज्ञप्तिमा सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि माग गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने–नगराउने निर्णयको स्वागत गर्दछ भनिएको छ । खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने महाासंघको ठहर छ ।

‘विगतमा सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको विरोध गर्दै त्यसको खारेजीका लागि अदालतको ढोका समेत ढक्ढक्याउनु परेको स्मरण गर्दै महासंघले ढुवानीमा समेत जबरजस्ती लागू गरिँदै आएको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्यको माग गरेको छ ।

सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा सहयोग गर्न पनि सबै यातायात व्यवासायीसँग महासंघले आाग्रह गरेको छ ।