सिमानामा लडेको पिलरमा हाम्रो नजर (फोटो फिचर) - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

सिमानामा लडेको पिलरमा हाम्रो नजर (फोटो फिचर)



कमल विष्ट , कार्तिक २२ कपिलवस्तु

तस्बिरमा देखिएको दृश्य नेपालको भूभाग कपिलवस्तुको विजयनगर गाउँपालिका-५ ठाकुरपुरा गाउँ देखि पश्चिम क्षेत्र र भारत तर्फको गिद्दवाको नेपाल भारत सीमा क्षेत्र हो।  तस्बिरमा नेपाल भारत सिम क्षेत्रमा बग्ने अर्रा नदिको बिचमा रहेको ५७८/७ नम्बरको मुख्य पिलर ढलेको देख्न सकिन्छ।  यो पिलर ढलेको पनि लगभग डेढ वर्ष भैसकेको भए पनि उठ्न सकेन ।

स्थानीयका अनुसार पिलर मर्मतका विषयमा अनुगमनका लागि केही सरकारी निकायका टोली आएर अनुगमन गरेर त गए तर गएपछि मर्मतका लागि भने कोही पनि फर्केर आएनन् र मर्मतका लागि कसैको ठोस पहल पनि हुन सकेको छैन।  स्थानीय उमानन्द भट्टराई बताउनुहुन्छ, त्यस क्षेत्रमा रहेका अन्य नेपाल भारत तर्फका सहायक पिलर भने सकुशल अवस्थामा रहेको पाइयो। यो क्षेत्रको बाटोहुदै नेपाल भारत खुला सीमा क्षेत्रको फाइदा उठाउँदै तस्करहरूले ब्रोइलर कुखुरा, रासायनिक मल र अन्य विभिन्न सामानहरू समेत मोटरसाइकल र साइकलको प्रयोग गरी तस्करी हुने गरेको स्थानीय बत्ताउँछन् जसले गर्दा एकातर्फ राज्यको राजस्व गुमेको छ भने अर्कोतिर तस्करहरूले ल्याएर बिक्री गर्ने सामानको गुणस्तरीयतामा पनि ढुक्क हुने स्थिति नहुँदा ठगिनुपर्ने समस्या समेत रहेको स्थानीयहरूको भनाइ छ ।

पछिल्लो समय नेपालको गुमेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र फिर्ता गर्ने कसरतमा रहेको सरकार र आन्तरिक विवादमै तल्लीन सत्तारुढ दलले सीमा क्षेत्रमा ढलेका पिलर उठाउने , गुमेका पिलर निर्माण गर्न पहल गर्ने तिर भने ध्यान पुगेको देखिँदैन, हेर्दा सामान्य काम जस्तो लाग्ने तर अति महत्त्वपूर्ण यस्ता विषयमा निर्णय गरेको जनताले कहिले सुन्न पाउलान् ?